+
+
Shares

वीरगञ्जबाट झण्डै साढे छ लाखको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १९:४७

३ असार, काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छलीका करिब साढे ६ लाख रुपैयाँको मरिच, छोकडा र केराउ बरामद गरेको छ ।

ना ३ त ७०० नम्बरको ट्याक्टरमा लोड गरी नेपालबाट भारततर्फ लैजान लागेको सूचनाको आधारमा ६ लाख ४९ हजार ६०० मूल्य बराबरको मरिच, छोकडा र केराउ बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वाबाट उक्त मूल्य बराबरको सामान लोड भएको ट्याक्टरसहित वीरगञ्ज–१६ इनर्वा बस्ने ३६ वर्षीय ट्याक्टर चालक वीरेन्द्र पटेललाई समेत नियन्त्रणमा लिएको छ ।

सामान लोड भएको ट्याक्टरसहित चालकलाई पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?