Comments Add Comment

रोपाइँ नसकिँदै सरकारले तोक्यो धानको समर्थन मूल्य

३ असार, काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धानको मूल्य तोकेको हो ।

आर्थिक वर्ष ०७७/७८ को लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य तोकिएको हो ।

‘संरक्षित कृषि,सुनिश्चित बचत’ भन्ने नीतिअन्तर्गत मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

कृषि मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले गत बिहीबार धानको प्रस्तावित समर्थन मूल्य मन्त्रिपरिषदमा पेश गरेको थियो ।

चैते धान भत्राउने तथा बर्खे धान रोप्ने बेलामा नेपालमा पहिलो पटक धानको मूल्य निर्धारण भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि भने सरकारले मोटा धान प्रतिक्विन्टल २५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment