+
+
Shares

डीएसपी ढुंगेलको निलम्बन फुकुवा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते ९:००

३ असार, काठमाडौं । नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ । डकैती गर्ने समूहलाई सघाएको आरोप लागेका ढुंगेललाई अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा हुने भएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । २६ चैत ०७६ मा रानीबारीमा भएको डकैतीका अभियुक्त विकाश श्रेष्ठसँग बारम्बार सम्पर्क गरेको जिकिर गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई श्रेष्ठको समूहलाई सघाएको आरोप लगाएको थियो ।

तर, ढुंगेलले भने श्रेष्ठसँग अपराधिक समूहबारे जानकारी लिनका लागि आफ्नो कुराकानी हुने गरेको जिकिर गरेका थिए ।

अदालतले सफाइ दिएसँगै उनले प्रहरी प्रधान कार्यालयमा निलम्बन फुकुवाका लागि निवेदन दिनेछन् । त्यसपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई निलम्बन फुकुवाका लागि पत्राचार गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?