+
+
Shares

अस्ट्रेलियाबाट हुने ‘उद्धार’ उडान एक हप्ता पछि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते ९:१७

सिड्नी । अष्ट्रेलियाबाट यही असार ३ गते हुने भनिएको ‘उद्धार’ उडान स्थगित भएको छ । दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ ।

दूतावासले जारी गरेको सूचना अनुसार अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते अर्थात २३ जुनमा पहिलो चार्टर्ड उडान हुने छ ।

यसैगरी दोस्रो चार्टर्ड उडान मेलबर्नबाट असार १२ गते अर्थात् २६ जुनमा हुने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

२ जुनसम्म नेपाल फर्कने फाराम भरेका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा पहिलो र दोस्रो सूचीमा परेकाहरुलाई कन्फर्मसेनका लागि इमेल गरिसकिएको दूतावासले जनाएको छ । फाराम भरेका अन्य व्यक्तिहरुलाई पनि क्रमशः इमेल गरिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् दूतावासको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?