Comments Add Comment

एन्फामा पंकज र दावाको जिम्मेवारी खोसियो

३ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाको जिम्मेवारी खोसेको छ । उनीहरुको स्थानमा मानार्थ उपाध्यक्ष शिक्षित पराजुली,  उपाध्यक्ष वीरबहादुर खड्का र केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

एन्फाले संस्थाको पदपूर्ति समितिमा शिक्षित पराजुली र संघ सदस्य समन्वय समितिमा वीरबहादुर खड्कालाई संयोजक तोकेको छ । यसअघि दुवै समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ थिए ।

यस्तै फुटसल समितिको संयोजक रहेका दावा लामालाई हटाएर रत्नकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएको छ ।

एन्फाले समितिको अरु सदस्यको जिम्मेवारी भने यथावत राखेको छ ।

पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाले ए अध्यक्ष कर्मा छिरिङ शेर्पासँग फरक मत राख्दै आएका थिए ।

अध्यक्ष शेर्पाले  आफ्नो अधिकार प्रयोग गरेर समितिमा उनीहरुलाई नियुक्त गरेको एक पदाधिकारिले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment