News Summary
Generated by OK AI. Editorially reviewed.- युवराज सम्राले ११७ बलमा १०५ रन बनाएपछि क्यानडाले नेपाललाई आईसीसी विश्वकप लिग २ मा २५७ रनको लक्ष्य दिएको छ।
- ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ५० ओभरमा २५६ रन बनाएर अलआउट भएको हो।
- ललित राजवंशीले ४ विकेट लिए पनि नेपाल पराजित भए क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।
३१ असोज, काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए ।
आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ तथा हम्जा तारिकले ३० रन बनाए । एक समय २१९-३ को अवस्थामा रहेको क्यानडाले त्यसपछि निरन्तर विकेट गुमायो ।
नेपालका ललित राजवंशीले १० ओभरमा ३९ रन दिएर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए ।
जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।
लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।
आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।
प्रतिक्रिया 4