News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा आज बिहान सवा ११ बजे क्यानडासँग तेस्रो खेल खेल्दै छ।
- नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको छ, र आज क्यानडालाई जिते लिग २ को छैटौं स्थान पक्का हुनेछ।
- नेपाल पराजित भएमा छैटौं स्थानमा रहन सोमबार ओमानलाई हराउनुपर्नेछ।
३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग खेल्दै छ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा अनि दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलमा २८ अंक छ भने सातौं स्थानमा रहेको क्यानडाको ३५ खेलमा २७ अंक छ ।
क्यानडाले सुरुमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।
क्यानडाले ओमानलाई जित्दा नेपालको शीर्ष ६ मा पर्ने सम्भावना अझै पक्का हुन सकेन । आजको खेलमा नेपालले क्यानडालाई जिते नेपालको छैटौं स्थान पक्का हुनेछ ।
आजको खेलमा नेपाल क्यानडासँग पराजित भएमा छैटौं स्थानमा रहनका लागि अन्तिम खेलमा सोमबार ओमानलाई हराउनुपर्नेछ ।
प्रतिक्रिया 4