+
लिग २ क्रिकेट :

क्यानडाविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

२०८३ असोज  ३१ गते १०:५४ २०८३ असोज ३१ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको ओडीआई शृङ्खलाको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ ।
  • क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
  • नेपालले सन्दीप जोराको स्थानमा गुल्शन झालाई टोलीमा फर्काएको छ ।

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा फर्किएका छन् ।

जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।

लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।

आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय