Comments Add Comment

नबिलले घोषणा गर्यो ‘डीजी बैंक’, चाहेकै समय र ठाउँमा बैंकिङ सेवा

२८ असार, काठमाडौं । नविल बैंकले ३६ ओं वाषिर्कोत्सका अवसरमा ‘डीजी बैंक’ नामक नयाँ कार्यक्रमको घोषणा गरेको छ । आइतबार बैंकले भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर डीजी बैंक सार्वजनिक गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले प्रविधिमा आधारित ग्राहक सर्वसाधारणका लागि सहज हुने गरी डीजी बैंकको स्थापना गरिएको घोषणा गरे । बैंकले नबिल डिजि बैंक ग्राहकले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

सीईओ शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मार्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए ।

रुपान्तरणको प्रकृयामा बैंकले बैकिँङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आईसीआईसीआई बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको बताए ।

उनका अनुसार बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा नबिल डीजी बैंक नबिल स्थापना गरिएको हो । यो बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको सीईओ शाहले बताए ।

यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने उनले दावी गरे ।  मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्धतिलाई चुनौति दिँदै ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने उनले बताए ।

कार्यक्रममा हुवावै टेक्नलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेन समेत सहभागी थिए । उनले हुवावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे।

डिजि बैंकका प्रमुख रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आथिर्क सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे जानकारी दिए ।

सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिदै अब ग्राहकवर्गले महसूस गर्ने गरि बैंकिङ सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गरिन् ।

अभिनेता अनमोल केसीले बैंकिङ सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment