Comments Add Comment

थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

२८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ३ हजार ९१६ नमुनाको परीसीआर टेष्ट गर्दा ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ८०१ पुगेको छ । उनीहरुमध्ये ३८ जनाको मृत्यु भएको छ भने ८ हजार ५८९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४७ जना डिस्चार्ज भएका हुन् ।

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतमा ११, कालीकोटमा ७, पर्वतमा ६, चितवनमा ५, मोरङ, बाग्लुङ, पर्वत, लमजुङ, रुकुम पश्चिम, डडेलधुरा, कैलाली र दार्चुलामा २/२ जना संक्रमित भेटिएका छन् । झापा, सर्लाही, सिन्धुपाल्चोक, सोलुखुम्बु, नवलपुर, स्याङजा, गोरखा, गुल्मी, पाल्पा, दैलेख, बझाङमा एक/एक जनामा संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ६ जना थपिए

यस्तै काठमाडौं उपत्यकामा ६ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यससँगै उपत्यकामा संक्रमितको संख्या ३४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment