+
+
Shares

लागुऔषध मुद्दाका आरोपी छुटाउन इन्सपेक्टरलाई डेढ लाख घुसको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १६:१४

२८ असार, काठमाडौं । दाङमा लागु औषध मुद्धाका आरोपी छुटाउन प्रहरीलाई घुस दिन खोज्नेदुई जना पक्राउ परेका छन् ।

ब्राउन सुगरसहित पक्राउ परेका सागर केसी भन्ने दुर्गाराम खत्रीको मुद्धा मिलाउन भन्दै प्रहरीलाई घुस दिन खोज्ने घोराही उपमहानगरपालिका १८ सुपौलीका २७ वर्षका गोविन्द शाह र प्युठान घर भई लमही बजार बस्ने ३० वर्षका समीर भण्डारी पक्राउ परेका हुन् ।

उनीहरुले शनिबार साँझ वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमा भेटी डेढ लाख रुपैयाँ घुस दिने प्रस्ताव गरेका थिए ।

घुस दिन खोज्ने दुई जनालाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?