News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं नापी कार्यालय डिल्लीबजारका टोली प्रमुख डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्।
- सेवाग्राहीलाई अनावश्यक हैरानी दिएर घुस मागिरहेको उजुरीपछि अख्तियारको टोलीले उनलाई टोखा नगरपालिका-५ सुन्धारा चोकको रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।
- विशेष अदालतको अनुमतिमा वलीविरुद्ध घुस र रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
१ असोज, काठमाडौं । काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ परेका छन्। काठमाडौं नापी कार्यालय डिल्ली बजार ३ नम्बर टोली माछापोखरी काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन्।
सेवाग्राहीलाई अनावश्यक हैरानी दिई घुस मागिरहेको उजुरीपछि घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका-५ को सुन्धारा चोकमा रहेको एक रेस्टुरेन्टबाट अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।उनीविरुद्ध विशेष अदालतको अनुमतिमा घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको अख्तियारले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4