+
+
Shares

मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिनँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २७ गते २१:२१

२७ असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको  आन्तरिक विवादमा समझदारीको संकेत देखिएको बताएका छन् ।

शनिबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु सचेत रहेको बताए ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकता गर्ने संकल्पका साथ साझा घोषणापत्र र उम्मेदवारका साथ जनतामा गएको र जनताले असाधारण विश्वास गरेर झण्डै दुई तिहाइ मत दिएको भन्दै उनले यसलाई कसैले कमजोर पार्न नहुने बताए । उनले भने, ‘पार्टीको एउटा अध्यक्षको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धर्यतापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ खनालसहित स्थायी कमिटीका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पद छाड्न दबाव दिएका थिए । तर ओलीले दुवै पद नछाड्ने अडान लिएपछि नेकपा फुटको संघारमा पुगेको स्वयम् नेकपा नेताहरूले बताएका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रचण्डले भनेका छन्, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’

साथै पार्टीमा देखिएको संकट हल गर्न सहज पनि नभएको उनले बताए । यद्यपि पछिल्ला छलफलहरूले कुनै न कुनै समझदारी वा सहमति हुने संकेत मिलेको भन्दै उनले भने, ‘जतिसुकै अप्ठ्यारो भए पनि समाधान निस्किन्छ भन्ने विश्वास लिएको छु । अर्को अध्यक्षसँग भएको वार्ताको संकेत पनि हल गर्नुपर्छ भन्नेतिरै छ ।’

सडक आन्दोलन तथा पार्टी कार्यालयमा भइरहेको धर्नातिर संकेत गर्दै उनले हतार गरेर कुनै खालको गतिविधि जरुरी नरहेको बताएका छन् । हतारमा निर्णय गरे फुर्सदमा पछुताउनुपर्ने भन्दै उनले कार्यकर्तालाई भनेका छन्, ‘पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनुस् । पार्टीको कार्यदिशा र विधानको पक्षमा उभिनुस् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?