Comments Add Comment

सरकारले भन्यो-नेपालमा सलहको नयाँ झुण्ड पस्न सक्छन्

२७ असार, काठमाडौं । नेपालमा सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जनाएको छ ।

हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रमा आउने सम्भावना छ । त्यसो भएमा नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको केन्द्रले जनाएको छ ।

राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरु पनि दक्षिण पश्चिमतर्फ बहेको वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको केन्द्रले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment