Comments Add Comment

कोरोना पोजिटिभ देखिएपछि अमिताभ अस्पताल भर्ना

बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका छ । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।

७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् ।

कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment