Comments Add Comment

भाडा तिर्न नसकिने भन्दै सिभिल मलका व्यवसायी धर्नामा

२८ असार, काठमाडौं । लकडाउन अवधिभरको भाडा मिनाहा नभएको भन्दै सिभिल मलका व्यवसायीहरु धर्नामा बसेका छन् । लकडाउनले व्यापार ठप्प भए पनि मल सञ्चालकले भाडा मिनाहा नगरेको भन्दै सिभिल मल व्यापारा संघको अगुवाईमा व्यवसायीहरु धर्नामा बसेका हुन् ।

यसअघि व्यवसायीहरुले शुक्रबार मल सञ्चालकलाई पसलको तालाचावी बुझाएका थिए । तालाचावी बुझाएर शुक्रबार नै धर्नामा बस्न शुरु गरेका थिए । शुक्रबारदेखि दैनिक धर्ना दिन थालिएको संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिए ।

आफूहरु वार्ता र संवादकै माध्यमबाट समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेपनि मल सञ्चालकले आफ्ना मागहरु सुनुवाई नगरेको कारण धर्ना बस्न बाध्य भइएको अध्यक्ष घिमिरेले बताए ।

उनले भाडा मिनाहा गर्ने सहमति नभएसम्म धर्ना जारी राखिने बताए । अझै सञ्चालकले व्यवसायीका समस्याहरुबारे चासो नदिए आन्दोलनका कार्यक्रमहरु थप सशक्त पारिने उनले बताए ।

मल सञ्चालक समितिले २५ असारसम्म भाडा तिरिसकेकालाई लकडाउन अवधिभरको भाडामा ५० प्रतिशत छुट दिने बताएको थियो । तर २५ गते अगाडि व्यवसायीहरुले भाडा तिरेका छैनन् । २५ गते अगाडि भाडा नतिर्नेहरुलाई लकडाउन अवधिभरको २५ प्रतिशतमात्रै छुट हुने भन्दै मल सञ्चालकले यथाशिघ्र भाडा तिर्न पत्राचार समेत गरेको छ ।

सिभिल मलमा प्रति महिना ८ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यापारी रहेको तर व्यापार भने २५ हजार पनि नभएको भन्दै उनले भने, ‘२५ प्रतिशत छुट गर्दा ६ लाख रुपैयाँ तिर्नु पर्छ, २५ हजार रुपैयाँ कमाएरर ६ लाख कसरी तिर्नु ?’

५० प्रतिशत भाडा तिदा पनि मल सञ्चालकलाई ५० प्रतिशत नाफा हुने तर व्यवसायीहरु भने १५० प्रतिशत घाटामा जाने भन्दै उनले उनले लकडाउन अवधिभरको भाडा मिनाहा हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment