+
+

पौडेल समूहले देउवालाई भन्यो : महाधिवेशन निष्पक्ष हुने ग्यारेन्टी गर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १७:५१

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहको बैठकमा नेताहरुले पार्टी सभापतिले एकपक्षीय रुपमा विभागहरु गठन तथा मनोनयनलगायतका गतिविधि गरेको भन्दै चर्को विरोध गरेका छन् ।

बैठकले यस्ता गतिविधि रोक्न सभापति शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘महाधिवेशन निश्पक्ष, स्वतन्त्र हुने ग्यारेन्टी गर्ने काम सभापतिको हो’ बैठकमा सहभागी पौडेल समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘महाधिवेशनलाई प्रभावित पर्ने तरिका गतिविधि रोक्न सभापतिको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?