+
+

गण्डकीमा ८ जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते ११:५०

२६ साउन, काठमाडौं । गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी -बर्दघाट-सुस्तापूर्व_को गैडाकोटका ३२/३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७/४० वर्षका पुरुष र महिला रहेका छन् ।

यस्तै, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकीमा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० जना डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?