Comments Add Comment

गण्डकीमा थप २५ जनामा कोरोना, पोखरामा मात्रै १५ जना संक्रमित

२ भदौ, पोखरा । पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । पोखरा महानगरपालिकामा १० वर्षीय बालकसहित ५ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पोखरा वडा नम्बर ४ मा २१ वर्षीया महिला, वडा नम्बर ६ मा २३ र २८ वर्षीय पुरुष, ७ मा ३८ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराकै वडा नम्बर ९ मा ३१ वर्षीया महिला र ३६ वर्षीया पुरुष, वडा नम्बर १६ मा ६६ वर्षीय पुरुष, १७ मा ८७ वर्षीय पुरुष, २७ मा २४ वर्षीया महिला, १० वर्षीय बालक र ५९ वर्षीय पुरुष तथा वडा नम्बर ३० मा ४६ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

मंगलबार बिहान संक्रण पुष्टि भएका पोखराका २५ र ५० वर्षीया २ जना महिलाको वडा नम्बर भने खुलेको छैन ।

यसैगरी बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ मा ६ वर्षीय बालक र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाको वडा नखुलेका २६ वर्षीय एक पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका वडा नम्बर २ मा १४ र ३७ वर्षीया महिलामा संक्रमण देखिएको छ । नवलपुरमै विनय त्रिवेणीको वडा नम्बर १ मा २८ वर्षीय, लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय र स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६० वर्षीय एक पुरुषमा संक्रणण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ का २३ र ३१ वर्षीय २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबैलाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment