+
+

ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १०:३५

२२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ ।

संक्रमित संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ । पछिल्ला २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका ४१ लाख ४० हजार नाघेको छ ।

भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो ।
मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २६ हजार ६५० जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ३२ लाख ५० हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा अहिले आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?