+
+

निषेधाज्ञाबारे नाडाले भन्यो-अति भयो, संसारलाई नियालौं र काम गरौं

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १७:२१

२२ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले निषेधाज्ञाकाबारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाएको र  बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको नाडाले जनाएको छ ।

‘निषेधाज्ञाको अवधि थपिँदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ,’ नाडाले प्रेश विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको छ । अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र काम गरौं ।’

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने नाडाको धारणा छ ।

जनता स्वयम् नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएको भन्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी निषेधाज्ञाबारे पुनर्विचारका लागि हामी सरकारसँग अपिल गर्छौं ।’

कोरोना संक्रमणका विषयमा विभिन्न मुलुकहरुले आ-आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको नाडाले स्मरण गराएको छ । दक्षिण पूर्वी एसियाका केही देशहरुले लकडाउन नै नगरेको भन्दै नाडाले संक्रमण रोकथामको एक मात्र उपाय लकडाउन हो भन्ने नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?