+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
३९ बलमा ४१ रन आवश्यक
लुम्बिनी लायन्स 2025
71/3 (13.3)
Shares

राप्रपा अध्यक्ष कमल थापाद्वारा डा.केसीको जीवन रक्षा गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १८:२३

१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेका छन्।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवन रक्षा गर्न ध्यानाकर्षण गराएका हुन्।

मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन्।

१९औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन्।

सास फेर्न कठिन भएपछि आइतबार उनलाई अक्सिजन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?