+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ललितपुरमा नदीजन्य पदार्थ उत्खननमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १८:५२
फाइल तस्वीर

४ असोज, काठमाडौं । ललितपुरमा ढुंगा, बालुवा लगायत नदी तथा खानीजन्य पदार्थहरुको उत्खनन, ओसारपसार, भण्डारण र बिक्री वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार एक सूचना सार्वजनिक गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि मंगलबारदेखि नै लागू हुने गरी जिल्लाभित्र नदी तथा खानीजन्य सामग्री उत्खनन, संकलन र बिक्री वितरणमा रोक लगाएको हो ।

प्रशासनले जारी गरेको सूचना विपरित कोही कसैले उक्त कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।

नदी तथा खानीजन्य पदार्थको व्यवस्थापनको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले हाल सञ्चालनमा रहेका नदीजन्य तथा खानीजन्य सबै उद्योग एवं अन्य गनिविधि बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

संघीय प्रतिनिधि सभा र बागमती प्रदेश सभाका सदस्य, स्थानीय जनप्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा बसेको बैठकले नदीजन्य तथा खानीजन्य पदार्थको व्यवस्थापनको सम्बन्धमा अध्ययन, अनुगमन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गरिएको बस्नेतले बताए । सहायक प्रजिअ बस्नेतका अनुसार कार्यदलमा डिभिजन वन कार्यालय, ललितपुरका कार्यालय प्रमुखको संयोजकत्वमा सम्बद्ध अन्य निकायाका प्रतिनिधिहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?