+
+

तास्मानियाका नेपालीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १२:३४
महावीर पुनको आविष्कार केन्द्र

तास्मानिया । अस्ट्रेलियाको तास्मानिया राज्यस्थित डेभनपोर्टमा बस्ने नेपालीहरुले नेपालका युवा वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७६ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

दसैँको अवसरमा डेभनपोर्टमा बसोबास गर्ने नेपालीहरुद्वारा आयोजित ‘मिट एण्ट ग्रिट’ कार्यक्रममा सहभागीहरुबाट सहयोगस्वरुप उठेको रकम महावीर पुनलाई हस्तान्तरण गरेको डेभनपोर्टका समाजसेवी देव सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

यो रकमले नेपालका युवाहरुलाई उद्यमी बन्न प्रोत्साहित गरी नेपाल र नेपालीको आर्थिक विकासमा योगदान दिने हेतुले स्थापना गरिएको आविष्कार केन्द्रलाई थप सहयोग हुने विश्वास सापकोटाको छ ।

‘सीप र क्षमता हुँदाहुँदै हाम्रो पुस्ताले नेपालमा केही अवसर पाएन, अब आउने पुस्ताले केन्द्रको माध्यमबाट आफ्नो सीप आफ्नै देशमा सदुपयोग गरी देशको आर्थिक उन्नतिमा सहयोग हुने सोंचले हामीले केन्द्रलाई आर्थिक सहयोग गरेका हौं,’ उनले भने ।

तास्मानिया राज्यको उत्तरपश्चिम भूभागमा पर्ने डेभनपोर्ट अष्ट्रेलियाकै अति विकट क्षेत्र मानिन्छ । तर, पछिल्लो समयमा उक्त क्षेत्रमा भने नेपालीहरुको उपस्थिति बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?