
३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुलाई हताश मनस्थिति भनेका छन् । मंगलबार ट्विटरमार्फत उनले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गरेका छन् ।
सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछि उनले छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा लिनु असफलताको बाटो हुने टिपणी गरेका छन् ।
शर्माले लेखेका छन् ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4