Comments Add Comment

फोटोग्राफरलाई अनुष्का–विराटको अपिल–‘छोरीको फोटो नखिचिदिनुहोला’

नायिका अनुष्का शर्माले केही दिन अगाडि मात्र छोरीलाई जन्म दिइन् । क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले बिहे गरेको ३ बर्षपछि बाबु–आमा बन्ने निर्णय गरेका थिए । छोरीलाई जन्म दिएपछि विराट र अनुष्कालाई विश्वभरबाट वधाइको ओइरो लागिरहेको छ । तर, उनीहरुले छोरीको तस्वीर भने सार्वजनिक गरेका छैनन् ।

अस्पतालमा पनि विराट कोहलीले अनुष्का र छोरीका लागि कडा सुरक्षा प्रवन्धको व्यवस्था मिलाएको भारतीय मिडियाले जनाएका छन् ।

यसैविच, अनुष्का र विराटले पापाराजीहरुलाई छोरीको तस्वीर नखिचिदिन आग्रह गरेका छन् । उनीहरुले एक पत्र लेख्दै भनेका छन्–‘यति लामो समयदेखि तपाइहरुले हामीहरुलाई दिएको प्रेमका लागि धन्यवाद । हामी यो विशेष क्षणमा आफैमा रमाइरहेका छौं । हामी तपाइहरुलाई एक साधारण आग्रह के गर्न चाहन्छौ भने, हामी हाम्री छोरीका निजी जीवनको रक्षा गर्न चाहन्छौं । यसैले, यसका लागि हामीलाई तपाइहरुको मद्दत चाहिएको छ ।’

उनीहरुले पत्रमा अगाडि लेखेका छन्–‘हामी तपाइहरुलाई आश्वस्त पार्न चाहन्छौ कि हामीमाथि फिचर गर्नका लागि तपाइहरुलाई बिषय प्रशस्त मिल्नेछन् । तर, हाम्री छोरीको तस्वीर नलिइदिनुहोला र त्यसलाई प्रकाशन पनि नगरिदिनुहोला । यसका लागि धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment