+
+

रोल्पा र रुकुममा पनि चुनाव जित्छौं : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १ गते १८:१६

१ फागुन, बटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले आफ्नो पार्टीले रोल्पा र रुकुमबाट चुनाव जित्ने दाबी गरेका छन् ।

शनिबार बुटवलमा भएको सभालाई सम्बोध गर्दै रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड-माधवले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने बताएका हुन् । ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाहृयो, त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ’ उनले भनेका छन्, ‘तर आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु ।’

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीको टाउकोमा हिर्काउन खोजेको तर आफैं भुइँमा पछारिएको उनले बताए । एमालेको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डले जनयुद्धका कमाण्डरहरुले साथ गुमाएको भन्दै उनले भने, ‘आज फागुन १ गतेका दिन जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो, अब केपी ओलीको नेतृत्वमा हामी राष्ट्र बनाउने अभियानमा जुट्न चाहान्छौं ।’

कानुनले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भन्दै उनले आफूहरु नै आधिकारिक भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?