+
+
Shares

यसपालि वामपन्थी मात्रै होइन, लोकतान्त्रिक शक्तिहरू नै हारे : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो चुनावी परिणामलाई वामपन्थीहरूको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूकै हारको सङ्ज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो चुनावी परिणामलाई समग्र लोकतान्त्रिक शक्तिहरूको हारको सङ्ज्ञा दिएका छन्।
  • पोखरेलले केरलामा वामपन्थी हारलाई नेपालको वाम आन्दोलन संकटमा परेको भनी विश्लेषणप्रति असहमति जनाएका छन्।
  • उनले सुरक्षित लोकतान्त्रिक भविष्यका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नुपर्ने बताएका छन्।

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो चुनावी परिणामलाई वामपन्थीहरूको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूकै हारको सङ्ज्ञा दिएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले भारतको केरल राज्यमा भएको वामपन्थी गठबन्धनको हारसँग जोडेर नेपालको वाम आन्दोलन सङ्कटमा परेको भनी भइरहेका विश्लेषणप्रति असहमति जनाएका हुन् ।

‘केरलमा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ । अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो,’ उनले भनेका छन्, ‘नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुन्छ ।’

उनले अहिलेको हारलाई केवल वामपन्थको मात्र हार मान्न नसकिने स्पष्ट पारेका छन् । यो समग्र नेपालका लोकतान्त्रिक शक्तिहरूको हार भएको उनको निष्कर्ष छ ।

‘त्यसैले अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रूपमा रहेका शक्तिहरूले यस प्रकारको हारको कारण खोज्नु र त्यसको गम्भीर समीक्षा तथा मूल्याङ्कन गर्नु हो,’ महासचिव पोखरेलले अगाडि भनेका छन्, ‘सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु अहिलेको आवश्यकता हो ।’

सङ्कट र चुनौतीको समयमा निराश भएर पलायन हुनु अवसरवादी र कायरहरूको बाटो भएको टिप्पणी गर्दै उनले क्रान्तिकारीहरूले त्यस्ता चुनौतीको डटेर सामना गर्ने बताएका छन् ।

‘एउटा क्रान्तिकारीले सङ्कट र चुनौतीको सामना गर्दछ,’ उनले प्रस्ट पारेका छन्, ‘र, प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्दछ ।’

के भन्छन् पोखरेल ?

भारतको केरला राज्यमा भएको वामपंथको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ। जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो।

नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्वन्धका आधारमा निर्धारण हुन्छ। अहिलेको हार केवल वामपन्थको मात्र हार होइन, यो नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार हो।

त्यसैले अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रुपमा रहेका शक्तिहरुले यस प्रकारको हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नु तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु हो।

संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो हो । एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दछ र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?