+
+
Shares

शंकर पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू सडक प्रदर्शनमा

सामाजिक सञ्जालमा राजीनामा अभियान चलाइरहेका युवा–विद्यार्थीहरूले बुधबार राति सडक प्रदर्शन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते २१:१२

१८ चैत, काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

अस्कल क्याम्पसबाट निस्किएका विद्यार्थीहरूले पोखरेलको राजीनामा मागसहित प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सुहाङ नेम्वाङको पक्षमा नारा लागेको छ । नेम्वाङ एमाले संसदीय दलको नेताका आकांक्षी थिए ।

तर रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन सांसदहरुलाई महासचिव पोखरेलले दबाब दिइएको भन्दै युवाहरुले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन् ।

सामाजिक सञ्जालमा राजीनामा अभियान चलाइरहेका युवा–विद्यार्थीहरूले बुधबार राति सडक प्रदर्शन गरेका छन् ।

उनीहरूले पार्टीभित्र युवाहरूलाई अवसर दिनुपर्ने, पार्टी कब्जा गर्न नपाइने, महासचिव पदबाट पोखरेलले राजीनामा दिनुपर्ने लगायत नारा लगाएका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले पार्टी केन्द्रीय कार्यालय अगाडि महासचिव पोखरेलको पुत्ला दहन पनि गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?