+
+
Shares

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन्।
  • पोखरेलले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन नसकेको र सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न मेहनत गर्ने बताए।
  • मदन-आश्रित प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा युवालाई सही राजनीतिको धारमा अग्रसर गराउनुपर्नेमा जोड दिइएको थियो।

३ जेठ, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् ।

३३ औं मदन-आश्रित दिवसका अवसरमा ‘मदन-आश्रित प्रतिष्ठान’द्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए ।

उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन नसकेको टिप्पणी गरे । महासचिव पोखरेलले सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न आफूहरुले मेहनत गर्ने बताए ।

उनले जनताका बीचमा प्रतिस्पर्धाबाट श्रेष्ठता र शान्तिपूर्ण सङ्घर्षबाट परिवर्तनको अनुभूति दिन सक्नुपर्ने उल्लेख गर्दै गत निर्वाचनको हारबाट पाठ सिकेर फेरि जनमखी नीतिका साथ जनताका बीचमा जाने योजना रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवाली, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, सूचना प्रविधि विज्ञ ई रमेश पौडेललगायतले युवाभावलाई मनन् गरेर सरकार र राजनीतिक दलले काम गर्न सक्नुपर्नेमा जोड दिए ।

उनीहरुले मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजका जगमा युवाहरूलाई सही राजनीतिको धारमा अग्रसर गराउन सक्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानको वार्षिक मुखपत्र विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?