+
+

रुपन्देही सुपर लिगमा बुटवल राइनोज विजयी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १८:३०

५ फागुन,बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोज विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै बुटवल राइनोज डिभिजन ‘ए’ मा प्रवेश गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको योगफल बनायो । उसका लागि विराट भण्डारीले ५२ र कृष्ण सेनले २३ रन बनाए । बलिङमा बुटवलका राहुल साहनीले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै, अब्दुल नसिम, ईश्वर खनाल र संदीप बश्यालले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल राइनोजले ४० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनाउँदै लक्ष्य भेट्टायो । उसको जितमा सन्जु बोहराले २३, राहुल साहनीले २२ र मंजीर भुसालले नटआउट १८ रनको योगदान दिए । बलिङमा शंकरनगरका अखलेस यादवले ३, अमित तामाङ र कृष्ण सेनले समान २/२ विकेट लिए । राहुल साहनी म्यान अफ द म्याच घोषित भए ।

बिहीबार तिलोत्तमा क्रिकेट क्लब र साई ग्लोबल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?