+
+

अजोड इन्स्यारेन्सको सञ्चालकमा सुवेदी निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १५:१८

७ वैशाख, काठमाडौं । अजोड इन्स्यारेन्सको सञ्चालक समिति सदस्यमा सृजना सुवेदी निर्वाचित भएकी छिन् । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले सुवेदीलाई सर्वसाधारण समूहतर्फबाट सञ्चालक समिति सदस्यमा सर्वससम्मत चयन गरेको हो ।

सुवेदी सेयर बजारकी सक्रिय लगानीकर्ता हुन् । लामो समयदेखि सेयर बजारमा लगानी गर्दै आएकी उनी लगानीकर्ताहरुको पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरमकी सदस्य समेत हुन् ।

साधारणसभाले अन्य सञ्चालकहरु पनि आजै निर्वाचित गर्दैछ । कम्पनीको विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल चयन भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?