Comments Add Comment

नेपालमा वात्सल्यको अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा

सन्तान प्राप्तिका लागि अनेकौं प्रयास गर्दा पनि सफल नभएका दम्पतिले वात्सल्यमा आएर सन्तान प्राप्त गर्न पाउँदा आफ्नो जीवनमा चमत्कार भएको महसुस गर्ने गरेका छन् ।

दम्पतिहरु “डाक्टर साहब, तपाईं त हाम्रो लागि भगवानकै रुप हुनुहुन्छ” भन्ने गरेको वात्सल्यको दावी छ । यस्तो असाधारण अनुभवको पछाडि वात्सल्यमा पाइने अन्तर्राष्ट्रिय स्तरको सेवाको मुख्य भूमिका रहेको कार्यकारी निर्देशक प्रशान्त सुवेदी बताउँछन् ।

“नि:सन्तान हुनु एकदमै असहज अवस्था हो । यसमा उपचार का साथै भावनात्मक सहयोग को पनि उतिकै भूमिका रहन्छ। दम्पतिमा भएको निराशालाई सकारात्मक सोचमा रुपान्तरण गर्नुपर्ने हुन्छ। त्यसैले वात्सल्यमा शुरुवातदेखि नै हामीले अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उच्चस्तरीय ल्याब, अन्तर्राष्ट्रिय अनुभव भएका प्रजनन् विशेषज्ञ, मिजासिलो व्यवहार भएका अन्य जनशक्ति र क्लिनिकभित्रकै सुविधाले पनि सहज अनुभव गराउन उचित वातावरणको निर्माणमा विशेष जोड दिएका छौं ,“उनले भने ।

वात्सल्यमा आईभीएफ उपचार गराएर सफलता प्राप्त गरेकी पुनम थापाले नेपालमा पनि यस्तो ठाउँ भएकोमा अच्चम् प्रकट गर्छिन् ।

वात्सल्यमा नि:सन्तान सम्बन्धि सम्पूर्ण उपचार (नि:सन्तान हुनुको कारण पहिचान र जाँच, नि:सन्तान उपचार जस्तै आईयूआई, आईभीएफ, आईसिएसई, प्रसुतिपूर्वका सम्पूर्ण जाँच, फर्टिलिटि फ्रिजिंग, बालरोग उपचार) प्राप्त गर्न सकिन्छ । हालसम्म वात्सल्यबाटआईभीएफमार्फत् १५०० भन्दा बढी, आईयूआईमार्फत् ३०० भन्दा बढी र प्राकृतिक रुपमा ४५० भन्दा बढी दम्पतिले सफलता प्राप्त गरिसकेका छन् ।

एउटा आईभीएफ चक्र सफलता पुर्वक पूरा हुन शुरुमा गरिने जाँच (अल्ट्रासाउण्ड, टिभिएस, होर्मोनल जाँच आदि) राम्ररी गरिनुपर्छ । उचित निदान पश्चातडिम्ब विकासको प्रक्रिया शुरु गरिन्छ। डिम्ब विकासको ट्रयाक राम्ररी राख्नुपर्छ र उचित समयमा, उपयुक्त प्रविधिको प्रयोग गरेर डिम्ब सङ्कलन गरिन्छ र ल्याबमा कल्चर गरिन्छ ।

यहाँ डिम्बको गुणस्तर निर्धारण, संरक्षण, निषेचन र भ्रूणको निर्माण तथा विकास गरिन्छ । यसमा इम्ब्रोयोलोजिस्ट र ल्याबको क्षमताले ठूलो भूमिका खेल्छ । वात्सल्यमा भएको राम्रो व्यवस्थापन, प्रजनन् विज्ञको समूह, उच्चस्तरीय ल्याब तथा सरसाधनको कारण नै उच्च सफलता दर हासिल हुन सम्भव भएको हो ।

चिकित्सा क्षेत्रले धेरै विकास गरिसकेको छ । हिजो असम्भव ठानिएका कुराहरु आज सम्भव भइरहेका छन् । त्यसैले आईभीएफ सम्बन्धिको सामाजिक भ्रममा अल्झिनुभन्दा चिकित्सकको सल्लाह लिन वात्सल्यको सुझाव छ।’आधुनिक चिकित्सा प्रणालीद्वारा सन्तान प्राप्ति अब नेपालमै सम्भव छ’ वात्सल्य भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment