
६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् । सामाजिक बिहीबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएका नेता बादलले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।
उनले चुनावमा आफूलाई मतदान गर्ने बागमती प्रदेशभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई धन्यावाद समेत दिएका छन् ।
निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी भएका हुन् । उनले ५,०८८ मतभार पाए भने बादलले ४,०१४ मतभार पाए ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4