+
+

कर्णाली डुंगा दुर्घटनामा एक जनाको मृत्यु, बेपत्ताको खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १७:१३
डुंगा दुर्घटनास्थलमा जम्मा भएका स्थानीयवासी

१७ साउन, धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुंगा दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली नदीमा काठको डुंगामा सवार १० जना सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा जाने क्रममा डुंगा पल्टिएको हो । डुंगामा सवारमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?