Comments Add Comment

१३ औं (साग) - फिचर

List Grid
खेलाडी अभिनन्दन : रूझेकाे तन, फुरूङ्ग मन

२७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्ने रुट थियो । तर शुक्रबार विहानैबाट उपत्यकामा पानी पर्‍यो । नागरिक अभिनन्दन नाम मात्रको हुन पुग्यो […]

सागको शानदार समापन

२४ मंसिर, काठमाडौं । ड्रोनबाट नेपालको नक्सा र झण्डसँगै पशुपतिाथको मन्दिर, गौतम बुद्धको आकृति आकाशमा देखाउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन गरिएको छ । पुरुष फुटलको फाइनलपछि शुरु भएको समापन समारोह करिव ३ घण्टा चलेको थियो, जसमा सहभागि ७ देशका खेलाडीको मार्चपासदेखि लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सम्बोधनसम्म थियो । अनी ड्रोनबाट […]

‘आफैंले स्वर्ण जितेजस्तो भयो’

२३ मंसिर, काठमाडौं । मंगलबार काजल श्रेष्ठ तेक्वान्दोको रिंगमा उत्रिनुअघि हतास थिइन् । भारतीय खेलाडीलाई सेमिफाइनलबाटै घर पठाउँदा पनि आत्मविश्वास आइसकेको थिएन । फाइनलमा पाकिस्तानी खेलाडीको सामना गर्न डर मानिरहेकी थिइन् । उनी डराउनुका दुईवटा कारण थिए । पहिलो, उनको दुवै खुट्टाको जोर्नी अभ्यासको क्रममा नमज्जाले ‘फ्याक्चर’ भएको थियो । दोस्रो, पाकिस्तानी खेलाडी उनीभन्दा अग्ली […]

समर्थनका लागि धन्यवाद !

२२ मंसिर, काठमाडौं । जब रेफ्रीले खेल सकिएको संकेत गर्दै सिठ्ठी बजाए, नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलको फाइनलमा पुगेकोमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपस्थित नेपाली दर्शकले खुसी मनाए । खेलाडी विपक्षी र अफिसियलसँग हात मिलाएर प्लेयर बक्समा पुगिसकेका नेपाली खेलाडीहरू फेरि उनी फेरि मैदानमा प्रवेश गरे । मध्यभागमा पुगेर गोलो घेरा बनाए । […]

पौडीमा गौरिकाको कीर्तिमान, डुवानाको दोहोरो रजत (फोटो फिचर)

२२ मंसिर, काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को एउटै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएको दिन नेपालले पौडीमा ३ पदक जितेको छ । आइतबार १३ औं साग अन्तर्गत गौरिकाले पौडी ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जित्दै एउटै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले […]

‘तीनपटक सिलाएको जुत्ताले साग खेलेँ’

२२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुबाट त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् ।  त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा पुनले काश्य जितेकी छिन् । […]

‘होची’ पुष्पाको अग्लिएको कद

२१ मंसिर, काठमाडौं । पुष्पा भण्डारीले दक्षिण एसियाली खेलकुदको म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भएकी छन् । १३औं साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी हुन् । यो सागको महिला म्याराथनमा नेपालले जितेको एक मात्र पदक हो । सागमा २०१६ मा भारतमा […]

जुत्तासँगै चिप्लियो कमलको स्वर्ण सपना !

२० मंसिर, पोखरा । दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोलनबाट नेपाललाई स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी हुन् कमलबहादुर अधिकारी । उनले सन् २००६  मा श्रीलंकामा भएको दशौं सागमा स्वर्ण जितेका थिए । त्यसपछिका दुई संकरणमा नेपालले स्वर्ण जितेन । नेपालमै भएको १३ औं सागको तयारी गर्दा कमलको लक्ष्य थियो, नेपाललाई फेरि स्वर्ण दिलाउने । ११औं सागमा उनको […]

क्रिकेटमा जित मिल्यो, धित मरेन (फोटो फिचर)

२० मंसिर, काठमाडौं । सामान्यतया नेपाली क्रिकेट टिमले घरेलु मैदानमा अन्तर्राष्ट्रिय म्याच खेल्दा दर्शकको अभाव हुँदैन । तर, १३ औं साग अन्तरगत आज भएको नेपाल र माल्दिभ्सविरुद्धको खेलमा भने त्रिवी क्रिकेट मैदान न्यून संख्यामा दर्शक उपस्थित भए । आजको म्याचमा नेपालको जित फगत औपचारिकता मात्रै हुने पूर्वानूमानका कारण पनि दर्शक आकर्षित नभएका हुन् । किनकी […]

अनि स्वर्ण जित्ने सपना पूरा भएन ….

२० मंसिर, काठमाडौं । तेक्वान्दोकी स्टार खेलाडी मनिता शाहीले रत्तिभर पनि सोचेकी पनि थिइनन्, ‘ १३ औं सागमा रजत पदकमा चित्त बुझाउनुपर्छ ।’ तर नसोचको भयो । उनको आँसु रोकिएन । हारको पीडामा रहेकी उनले आाफूलाई सम्हाल्न सकेकी छैनन् । हारेको खेलको हरेक क्षण आँखामा नाचिरहन्छ । अनि आफैंलाई प्रश्न गर्छिन्, ‘के म साँच्चिकै कमजोर […]

‘भारतसँग अघिल्लो सागको बदला लिनेछौं’

१९ मंसिर, पोखरा । नेपाली महिला फुटबलमा ‘गोलमेसिन’ का रुपले चिनिएकी छिन् सावित्री भण्डारी ‘साम्बा’ । नेपालको तर्फबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान हालै आफ्नो नाममा लेखाइन् । तर, गोलको भोक मेटिएको छैन उनमा । लुक्स र हेयरस्टाइल मात्रै होइन, ‘एटिच्युड’ पनि केटाको जस्तो भएकी सावित्रीलाई ‘साम्बा’ उपनाम दिने गरिएको छ । उनी पछिल्लो […]

कीर्तिमानी स्वर्ण विजेताको पीडा : बरु पार्ट टाइम जागिर दिए हुन्थ्यो !

१९ मंसिर, पोखरा । भारोत्तोलनकी सञ्जु चौधरीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्नै इतिहास रचेकी छन् । तर भविश्यको चिन्ताले उनलाई यो सफलतामा पूर्ण खुुसी हुन दिएको छैन । खेलभन्दा जागिर गर भनेर घरबाट आउने दबाबबाट आजित उनी भन्छिन्, ‘बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि […]

क्रिकेटमा भुटानमाथि नेपाल हावी हुँदा …(फोटोफिचर)

१९ मं‌सिर, काठमाडौं ।  क्रिकेटको सिकारु देश भुटान । ओडीआई मान्यताप्राप्त नेपाल । आजको भिडन्त एकपक्षिय हुने पूर्वानुमान थियो र भयो पनि त्यस्तै । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पायो । ओपनिङमा आए पूर्वकप्तान पारस खड्का र हालका कप्तान ज्ञानेन्द्र मल्ल । पारसले भुटानी बलरहरुको सातो खानेमा शंका थिएन, […]

कीर्तिमानी नीमा भन्छिन् : आफ्नै माटोमा स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ

१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् । ‘सागको १२ औं संस्करणमा पनि स्वर्ण ल्याएकाले मलाई […]

फुटबलमा टिक्न सकेन जितको खुशी (फोटो फिचर)

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र श्रीलंकाले १-१ को बराबरी खेलेको हो । खेलमा नेपालले ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलबाट अग्रता लिएको थियो । खेलमा नेपालले गाेलका लागि अन्य अवसर सिर्जना गरे पनि […]

‘स्वर्ण जितेँ, तर खुसी जितिनँ’

१८ मंसिर, पोखरा । हिमाल टमाटाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को दुआथोलनबाट स्वर्ण पदक जिते । यो खुसी उनको अनुहारमा पनि देखिनु पर्ने हो । तर त्यो देखिँदैन । भन्छन्, ‘मैले स्वर्ण पदक जितेँ, तर खुसी जित्न सकिनँ ।’ टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । र, उत्तिकै आत्मविश्वास पनि […]

‘नयाँ साइकल नपाएको झोकमा स्वर्ण जितेँ’

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्यालेन्डरमा जम्मा एक महिना बाँकी थियो । ट्रायथोलनमा खेलाडी सोनी गुरुङ सागमा ‘रजत’ पदकको सपना देखिरहेकी थिइन् । तर अभ्यास गर्न उनीसँग साइकल थिएन । ट्रायथोलनमा सबैभन्दा आवश्यक पर्ने साधन भने साइकल नै थियो । खेल आउन करिब २७ दिन बाँकी थियो । उनको अगाडि […]

अनुपमाले दिवंगत आमालाई समर्पण गरिन् स्वर्ण

१८ मंसिर, काठमाडौं । कराँतेकी अनुपमा मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । अनुपमाले दिवंगत आमालाई स्वर्ण पदक समर्पण गरेकी छन् । उनको यो पहिलो साग हो । डेब्यू सागमा स्वर्ण सुखद हो । त्यसमाथि एसियन गेम्समा काश्य पदक विजेतालाई हराउन पाउनु अर्को सुखद संयोग रहृयो । ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी […]

स्वर्ण गुमाउँदाको पीडा …

१७ मंसिर, काठमाडौं । पहिलो सेटमा २५–१७ को हार । तर दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२४ र २५–२१ को जित । पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा पुगेको नेपाली महिला टोली स्वर्ण पदक नजिक थियो । चौथो सेटमा पनि राम्रो प्रदर्शन गरेको थियो । तर उसले २५–२० ले भारत विजयी भयो […]

५ वर्षपछि दशरथ रंगशालामा नेपालको सुखद पुनरागमन (फोटो कथा)

१७ मंसिर, काठमाडौं । लामो समयको अन्तरालपछि मंगलबार नेपाली फुटबल समर्थकले दशरथ रंगशालामा आफ्नो राष्ट्रिय टिमको खेल हेर्न पाए । र, टिमले पनि समर्थकहरुलाई निराश बनाएन । भूकम्पले भत्काएको रंगशाला भर्खरै पुनर्निर्माण सकिएर नयाँ रुपमा उभिएको छ । यही रंगशालामा नेपालले कयौं जित–हारहरु देख्यो । तर, पुनर्निर्माण हुन ढिलाइ भएर फुटबल खेलाडीका लागि रंगशाला बिरानो […]

एक मिलिसेकेन्डको जित : सन्तोषीले यसरी रचिन् इतिहास

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्सको दश हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी छन् । उनी सागमा स्वर्ण जित्ने नेपालकै पहिलो महिला धाविका हुन् । यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको रजत पदक नै नेपालको उत्कृष्ट प्रदर्शन थियो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सन्तोषीले स्वर्ण […]