- Home
- स्वास्थ्य-जीवनशैली
- गृह सजावट
गृह सजावट
घर आसपासमा सागसब्जी लगाएपछि ताजा र शुद्ध खान पाइने मात्र होइन यसबाट अरु थुप्रै लाभ मिल्छ । यसले शारीरिक रुपमा सक्रिय राख्छ, मानसिक रुपमा तन्दुरुस्त । भान्साको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ । जस्तो कि, तपाईं थोरै फुर्सद हुनसाथ करेसाबारीको काममा लाग्नुहुन्छ । अर्थात आफ्नो समयलाई उत्पादनसिल बनाउनुहुनेछ । यदि त्यसो नहुँदो हो त फुर्सदमा […]
इन्टेरियर डिजाइनर अर्चना शाह भन्छिन्, ‘भान्सामा धेरैजसो समय गृहणीले विताउँछन् । भान्साको समय भनेको साँझ र विहान हो । भान्सामा अलि उज्यालो रंग, चहकिलो बिजुली उपयुक्त हुन्छ । भान्साको साजसज्जा यस्तो हुनुपर्छ, जसले गृहणीलाई अकर्षित गर्न सकोस् ।’ शहका अनुसार भान्सामा जसले काम गर्छ, उनको लागि अनुकुल होस् । उनीहरु भान्सामै रमाउन सकोस् । भान्सा […]
काठमाडौं । हामी घरको आगन या करेसामा विभिन्न किसिमको बिरुवा लगाउँछौं त्यसको कारण के होला ? तरकारीको लागि प्रयोग नहुने तुलसी जस्ता बिरुवा हामीमध्ये धेरैको घरमा हुन्छ । त्यो किन होला ? लकडाउनको समयमा तुलसीको पत्तालाई दुई गुणा महँगो तिरेर किन्ने गरिएको छ । अर्काे तर्फ वास्तुदोषको निवारणको लागि पनि तुलसी, बोजो जस्ता बिरुवा घरमा […]
बागमती प्रदेश सरकारले कौसी खेती गर्ने ५ सय घरधुरीलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटले एक वर्षभरिमा ५ सय घरधुरीलाई अनुदान दिएर कौसी खेतीमा आकर्षित गर्न लागिएको प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख निर्मल गदालले जानकारी दिए । केन्द्रका अनुसार काठमाडौं उपत्यकामा कौसी खेती गर्न सकिने करिब […]
गाउँघरमा धान सुकाउन प्रयोग हुने मान्द्रोको प्रयोग अहिले हुन छाडेको छ । तर सोही मान्द्रोलाई नयाँ हिसाबले प्रयोग नट क्राफ्टले एउटा बस्ने मुडा र चिया टेबुल जस्ता संरचना तयार पारेको छ । त्यस्तै, ढकियाको चलन हराउँदै गयो भनेर सोही कच्चा सामग्रीबाट नयाँ सिपको विकास गरी घर सजाउन सकिन्छ भन्ने उदाहरण नट क्राफ्टले दिएको छ । […]
काठमाडौं । केही समय अघिसम्म पोखरामा बन्ने घरहरु सबै दक्षिण मोहोडा फर्किएका हुन्थे । पुरानो नेपाली वास्तुशास्त्र अनुसार हिमालको काखमा रहेको पोखरामा बन्ने घरलाई हिमालको सिरेटो छेक्नको लागि पनि दक्षिण मोहोडा फर्काउने गरिन्थ्यो । तर अहिलेको वास्तु बदलिएको छ । हिमाली जिल्लामा भवन निर्माणसंहिताको नाममा हिउँ संकलन भएर घरलाई ६ महिनासम्म थप भारमा राख्ने धेरै […]
क्याकटस खासमा मरुभूमीमा पाइने वनस्पती हो, जो अहिले धेरैको घर÷वगैचामा सजावटका लागि प्रयोग गरिन्छ । यो काँडेदार वनस्पति आकर्षक पनि देखिन्छन् । घरबाहिर वा भित्र जहाँपनि यसलाई रोप्न वा सजाउन सकिन्छ । क्याकटसको केही प्रजाति पाइन्छन् । क्याकटसको प्रयोगबाट अनुहार मुलायम र चमकदार क्याकटस प्रायजसो घरभित्र सजाउने गरिन्छ । कतिपयले भने यसलाई घरभित्र सजाउनु ‘अशुभ’ […]
तपाईं-हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक देखाउने मात्र होइन यो आफैँमा पोषणयुक्त पनि हुने गर्छ । त्यसैले गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक […]
हाम्रो घर-आँगन वा आसपासमा त्यस्ता अनेक वनस्पति छन्, जो औषधीय गुणले भरिपूर्ण छन् । त्यस्ता वनस्पतिलाई हामी दैनिक खानेकुरामा समावेश गर्न सक्छौं वा आवश्यकता परेको बेला सेवन गर्न सक्छौं । जस्तो कि पुदिना, घिउकुमारी, तुलसी, बोझो, पाखनबेद । यसबाहेक हामीले पहिचान गर्न नसकेका थुप्रै वनस्पति औषधीय महत्वका हुन्छन् । यस्ता वनस्पतिलाई घरकै आसपास वा आफूले […]
घरसँग हाम्रो भावनात्मक नाता जोडिनुपर्छ । यसका लागि कंक्रिट, काठ वा ढुंगा-माटोको संरचना ठड्याएर मात्र पुग्दैन । त्यहाँ हाम्रो शरीरले सहज अनुभव गर्नुपर्छ, मन रमाउनुपर्छ। यसैगरी व्यापारिक भवन होस् वा कर्पोरेट हाउस, त्यसले उपभोक्ता, सेवाग्राही र आगन्तुकलाई लोभ्याउनुपर्छ । यही मान्यताअनुसार इन्टेरियर डिजाइन अर्थात् आन्तरिक सज्जाको अवधारणा विकास भएको पाइन्छ। यद्यपि आन्तरिक सज्जा (इन्टेरियर डिजाइन)लाई […]
लकडाउन नभइदिएको भए सायदै हामीले घरभित्र यति लामो समय व्यतीत गर्ने थियौं। अहिले हामी सबैजसो घरभित्रै समेटिएका छौं। यसरी बसिरहँदा हामीले आफूलाई घामपानीबाट बचाउने घरलाई अरू नजिकबाट नियाल्न पाएका छौं । यतिबेला कतिपयले त घरको आन्तरिक सज्जालाई ध्यान दिएका होलान्, कतिपयले कोठाका सरसामानहरू व्यवस्थित गरिरहेका होलान्। घरभित्रै बसिरहँदा हामीलाई घरभित्रको सजिलो वा असजिलो थाहा हुन्छ। […]
फुर्सदको यो क्षणमा घरभित्रै सागसब्जी रोप्न एवं उत्पादन किन नगर्ने ? अहिले मौसम पनि अनुकुल छ । यही सिजनमा धेरै किसिमका तरकारी रोप्न र उत्पादन गर्न सकिन्छ । भोलिका दिनमा आफैले उत्पादन गरेको जैविक तरकारी खान पाइन्छ । साथसाथै घर परिवारले पनि नयाँ ढंगले काम गर्न सिक्छन् । बालबच्चा वा घरका सदस्यहरुले फुर्सदको सही सदुपयोग […]
गर्मीको राप बढ्दै जाँदा घरभित्र बस्न पनि उकुसमुकुस हुन्छ । घर नै बाफिएको जस्तै लाग्छ । यस्तो अवस्थामा घरलाई कसरी खुला राख्ने ? कसरी शीतलता प्रदान गर्ने ? यी सामान्य काइदा हुन् । तर, निकै उपयोगी हुन सक्छ । काइदा एक जस्तो घर वा कोठामा धेरै सरसामान नराख्ने । खासै प्रयोगमा नआउने सामग्रीहरू स्टोर अर्थात् […]
स्वास्थ्यको लागि कस्तो खाना खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कसरी खाने, कति खाने, कतिपटक खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यतीमात्र पनि कहाँ हो र ? कस्तो भाँडवर्तनमा पकाउने भन्ने कुराले पनि अर्थ राख्छ । अहिले सजिलोको लागि हामी खाना खान प्लाष्टिकको भाँडावर्तन प्रयोग गर्छौं । पकाउनका लागि ननस्टिक […]
तपाईं आफ्नो पूख्र्यौली घरमा गएर खोज्नुहोस्, धेरै कुरा परम्पागत पाउनुहुनेछ । खाना पकाउने चुल्हो (अगेना), दही जमाउने र मोही पार्ने काठको ठेक्की, दुध दुहुने काठको ढुंग्रो, दाल–चामल राख्ने काठको भाँडा । हुनसक्छ त्यसबेला अहिले जस्तो घरायसी सर–सामन उपलब्ध थिएनन् । प्रविधि थिएन । त्यही अभाव टार्न उनीहरुले आफुसँग भएको सीप र श्रमको उपयोग गरेर आफ्नो […]
टाइल्सले घरलाई केवल आधुनिक मात्रै देखाउँदैन। त्यसको साथ-साथै घरलाई सुन्दर, सफा देखाउन पनि सहयोग पुर्याउँछ । सुरुमा भान्छा र बाथरुममा मात्र टाइल्सको प्रयोग हुने गरेकामा हिजोआज घरको कौसी, बरण्डादेखि पार्किङ र आँगनसम्म पनि टाइल्स लगाउने चलन बढ्दै गएको छ । अझ हिजोआज त टाइल्स घरको भुईमा मात्र नभएर घरको भित्ताहरुमा समेत टाइल्स लगाउने चलन बढ्दै […]
‘जे भयो, राम्रै भयो ।’ कतिपय प्रतिकूलतामा पनि हामीलाई यस्तै लाग्छ । अहिले सर्वत्र कोरोना आतंक छ । सबै होम क्वारेन्टाइनमा छन् । बाहिर घुमफिर, कामकाज गर्न निषेध छ । एक हिसाबले काहीँ अप्ठ्यारो पनि होला । तर, घर परिवारसँग बस्न त पाइएको छ । हम्रो मुलुक मात्र होइन विश्वका अधिकांश मुलुक अहिले लकडाउनको अवस्थामा […]
‘विश्वमै जलस्रोतको दोस्रो धनी देश’ भन्नलाई मुख बार्नुपर्ने अवस्था अब नहोला । कुनैबेला ‘विद्युत खपत कम गरौं’ भन्दै लोडसेडिङको तालिका निकाल्ने नेपाल विद्युत प्राधिकरण अहिले धक खोलेर भन्न थालेको छ, ‘ढुक्कले बिद्युत खपत गर्नुहोस् ।’ कुलमान घिसिङको दृढता, लगवाले आज देश उज्यालो मात्र भएको छैन, घर–घर विद्युत–मैत्री बनाउने अनुकुलता पनि मिलेको छ । त्यसैले त […]
कति कोरोनाको कुरा गर्ने ? एकछिन यी सबै कुरा छाड्नुहोस् । मन र मस्तिष्कबाट कोरोनालाई ‘डिलिट’ गरिदिनुहोस् । बरु यो मौकामा एउटा बगैंचा निर्माण गरौं । बगैंचा भन्नसाथ तपाईंले घर–आँगनमा खुला ठाउँ नै खोज्नुपर्छ भन्ने छैन । यदि त्यस्तो ठाउँ भए त काइदा हुन्छ । नभए पनि निको छ । तपाईं जहाँ बस्नुहुन्छ, त्यहाँ छत […]
घरको सजावट एवं घरको बनावटाको विषयमा वास्तु शास्त्रहरुमा धेरै कुरा उल्लेख छ । घर बनाउनुपूर्व र घर बनाइसकेपछिको यो अवस्थालाई वास्तुशास्त्रीहरुले सुक्ष्म ढंगले व्याख्या गर्ने गरेका छन् । जस अनुसार कस्तो ठाउामा घर बनाउने ? कतापट्टी ढोका राख्ने जस्ता विषयहरु यस अन्तर्गत् आउने गर्छन् । त्यसैले पनि वास्तु शास्त्रहरुलाई गृहनिर्माणको सूत्र समेत मान्ने गरिन्छ । […]
वास्तु शास्त्रका अनुसार कस्तो ठाउँमा बनाउने घर ? धेरैले वास्तु शास्त्रहरुलाई गृहनिर्माणको सूत्रको रुपमा मान्ने गरेका छन् । मनोनुकूल भू– चयन पछि भूमिको परीक्षा गर्नुपर्छ । भू–परीक्षणको कैयौं विधिहरु हुन्छ । यद्यपि सर्वाधिक प्रचलित विधि जल एवं माटोको परीक्षण मार्फत् घर निर्माण कस्तो ठाउँमा गर्ने भन्ने हो । यसको बारेमा विभिन्न शास्त्रहरुले उल्लेख गरेका छन् […]