Comments Add Comment

कभर स्टोरी

List Grid
संगीतकार अर्जुन पोखरेलसँग विवाह वार्ता

नेपाली सांगीतिक क्षेत्रका स्थापित संगीतकर्मी हुन् अर्जुन पोखरेल । खासगरी नेपाली चलचित्रका लागि उनले थुप्रै लोकपि्रय गीत-संगीतहरु दिइसकेका छन् । गायकको रुपमा समेत दर्शकमाझ आइसकेका यी संगीतकारले संगीतबद्ध गरेका केही लोकपि्रय गीतहरुमा ‘तिमी रोएको पल तिमीलाई’, ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्’, ‘सुन्छु तिमीले मलाई’, ‘ओई झुमा काले काले केटाले’, ‘भन्छु आज’, ‘तिम्रो […]

घुम्न जाँदै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्ष सुरु हुँदैछ । यसको लागि तयारी पनि चलिरहेको छ । भ्रमण वर्ष सम्बन्धी सरकारी लक्ष्य पूरा गर्नको लागि बाहृय सँगै आन्तरिक पर्यटकहरुको समेत उत्तिकै महत्व हुन्छ । हामीहरु छुट्टीपछिको यात्राको योजना बनाउन धेरै समय खर्च गर्छौैं । तर, घर छाड्ने बेलामा हामी हतार गरेर धेरै काम बिगारिरहेका हुन्छौं । हामी कतैजानु पूर्व […]

गुगलका सिइओ सुन्दर पिचाइको दैनिकी : शाकाहारी खाना, साँझमा व्यायाम

एक क्लिकमा सारा जिज्ञासा राख्ने हैसियत राखेको इन्टरनेट सर्च इन्जिन गुगलका कर्मचारीहरु कति व्यस्त होलान् ? त्यसैमाथि त्यसको पनि हाकिमहरुको अवस्था झनै कस्तो होला ? झण्डै ८५ हजारभन्दा धेरैलाई रोजगारी दिएको र विश्वको सबैभन्दा ठूलो इन्टरनेट सर्च इन्जिन गुगलका प्रमुख कार्यकारी अधिकृत झनै कति व्यस्त होलान् ? उनीहरुको जीवन शैली कस्तो होला ? हरेक ठूला […]

काठमाडौैंमा पनि गजबको होमस्टे : मल्लकालीन सत्कार

काठमाडौंमा खान, बस्नका लागि होटल–लजको अभाव छैन । अति सस्तो र सामान्यदेखि पाँचतारे होटलसम्म उपलब्ध छ । तर, काठमाडौंभित्र रैथाने परिवारमा स–शुल्क पाहुना पनि लाग्न पनि सक्नुहुनेछ । पारिवारिक रहनसहनमा रम्दै एउटै चुल्होमा पाकेको खानेकुरा चाख्न सक्नुहुनेछ । हार्दिकतापूर्वक आतिथ्य पाउनुहुनेछ । पाहुना आउने बित्तिकै सामान्य परिचय सोधेर स-सम्मान उनीहरुको रोजाईको खाना, कम्तिमा परिवारको एकजनाबाट […]

जेफ बेजोस : विश्वकै धनी व्यक्तिको सरल जीवनशैली

सन् २०१८ मा ब्लुमबर्गले विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा सूचिकृत जेफ बेजोस परिवारलाई एकदमै धेरै समय दिने धनाड्य रहेको उल्लेख गरेको थियो । त्यसको एक वर्ष पछि अप्रिल २०१९ मा बेजोसले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर अर्की प्रेमिकासँग सम्बन्ध जोड्ने निधो गरे । उनीहरुबीचको सम्बन्ध पहिले पनि राम्रो थियो र सम्बन्ध बिच्छेद पछि पनि साथीको […]

फेसबुकका मालिक मार्क जुकरबर्ग कसरी परिवारसँग रमाउँछन् ?

कार्यालयको कामलाई समय दिँदा परिवारलाई समय हुँदैन, परिवारलाई दिँदा कार्यालयलाई । यो गञ्जागोल जीवन हरेक मानिसको बाध्यता बनेको छ । परिवार चलाउन र आफ्नो लक्ष्य हाँसिल गर्नको लागि काम आवश्यक छ भने जीवन चलाउनको लागि परिवार । तर, यी दुईको मिलन कसरी गर्ने ? यो जटील समस्या धेरैले भोग्दै आएको समस्या हो । एउटा सामान्य […]

भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

हामीकहाँ अधिकांश नेता-मन्त्री रोगी छन् । उनीहरुकै उपचारका लागि राज्यको ढुकुटीबाट करोडौं खर्च गरिन्छ । उनीहरु उपचारका लागि भन्दै विदेश सयर गरिरहन्छन् । सामान्य अवस्थामा भोग-विलास र ऐश-आरममा लिप्त हुने र रोग लागेपछि राज्यकोषबाट उपचार गर्ने प्रवृत्तिले जरा गाडेको छ । कतिपय मुलुकका नेता-मन्त्री भने आफुलाई सधै स्वस्थ्य, तन्दुरुस्त र फुर्तिलो राख्छन् । ऐश-आरम, भोग […]

झिल्के अचेल ओडारमा बस्दैनन्

माथिल्लो बरपुक क्षेत्रमा घुँडाभन्दा माथिसम्म मात्रै ढाक्ने कछाड, माथि ४ थान कपडा, मध्यदिनमा टहटह घाम लागिरहेको बेलामा पनि आधा टाउको छोपिने गरी टोपी लगाएर खाली खुट्टा हिँड्ने जो कोहीलाई भेटेपनि अनुमान गर्दा हुन्छ, ती पक्कै पनि झिल्के नै हुन् । उनको वास्तविक नाम होे आइतमान चेपाङ । उनी त्यस्तो झिल्के भन्न लायकको सुन्दर बनेर हिँड्ने […]

के अब पर्यटक ठगिने छैनन् ?

‘डलर फेयर’को नाममा पर्यटकमाथि लिइएको तीन गुणासम्म बढी शुल्कका कारण पर्यटकहरु ठगिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित कार्यदलले ठहर गरेको छ । पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठित कार्यदलले पर्यटकहरुमाथि आन्तरिक उडानमा नेपाली र भारतीयसँग तीन गुणासम्म शुल्क लिइनु एक प्रकारको ठगी भएको ठहर गरेको हो । गत भदौ महिनामा मन्त्रालयले ७० वर्षभन्दा माथिका […]

ओढारमा बस्न नपाउँदा दुःखी छन् चेपाङ

९ मंसिर, काठमाडौं । पौराणिक किंवदन्ती अनुसार रामायण कालमा वाल्मीकि आश्रमसँग जोडिन्छ चेपाङ जातिको उत्पत्तिको कथा । वाल्मीकि ऋषिको आश्रममा वनबासको समय बिताउँदा उनको लोहोरी नामको एक छोरा थिए । उनैको सन्तति मान्छन् चेपाङहरुले आफूलाई । त्यही वाल्मीकि आश्रममा हुर्किएका लोहोरीका सन्तानहरुले कहिलै पनि बोलीमा मृदुलता त्यागेका छैनन् । मदिराले लठ्ठ हुँदा होस् या त […]

साइप्रसमा सास्ती, यसरी पीडा झेल्दैछन् नेपाली विद्यार्थी 

झट्ट हेर्दा साइप्रस अध्ययनको लागि नेपालीहरुको आकर्षक देश हो । त्यहाँ झण्डै चार हजारभन्दा धेरै विद्यार्थीहरु अध्ययन पनि गरिरहेका छन् । युरोपका अरु देशमा जान भन्दा स्वीकृतिको हिसाबले साइप्रस जान अलिक सहज हुने भएकोले विभिन्न प्रलोभनमा पर्नेहरु पनि साइप्रसको जानको लागि नै धेरै ठगिने गरेका छन् । विभिन्न प्रलोभनमा परेर साइप्रस गएकाहरुको लाखौं रुपैयाँ डुबिसकेको […]

धुमधामको घुमघाम : कुहिरोभन्दा माथिको बस्ती नियाल्दा

नजिकको तिर्थ हेला भनै झै हुन्छ बेलाबखत । खासमा इलाम बजार वा जसबीरेबाट सन्दकपुर टाढाको गन्तव्य होइन । तर, त्यतीको दूरी छिचोलेर हिमाली दृश्यहरुसँग रमाउने मौका पनि जुराउनै गाह्रो  । यसपाली भने रैथाने टुरिष्ट बनेर सन्दकपुरको अग्लाई नापियो । यो नियोजित नभई अप्रत्यासित यात्रा थियो । भनिन्छ, यात्रा अप्रत्यासित नै रोमाञ्चक हुन्छ । भयो पनि […]

साइकल यात्रा : काठमाडौं टु जनकपुर

पर्यावरण र सांस्कृतिक संरक्षणको लागि काठमाडौंको पशुपतिदेखि जनकपुरसम्म साइकल यात्रा हुँदैछ । शुक्रबारदेखि सुरु हुने तीन दिने साइकल यात्रा  ऐतिहासिक सिन्धुलीगढी हुँदै जानेछ । त्यसैले यो अभियानको नाम नै ‘राईड थ्रु सिन्धुलीगढी’ राखिएको छ । हरेक वर्ष यही मौसममा गरिने साइकल यात्राको यो चौथो संस्करण हो । यस संस्करणमा नियमित रुपमा साइकलमा यात्रा गर्ने १५० […]

मःम भनेपछि हुरुक्क हुन्थें, तर खानै छाडेँ– अभिनेत्री नम्रता सापकोटा

चलचित्र ‘अन्तराल’ मार्फत रजतपटमा आएकी अभिनेत्री हुन् नम्रता सापकोटा । यो अवधिमा उनले समर लभ, छक्का पञ्जा जस्ता चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् । दर्जनौं म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी नम्रता मनोरञ्जन क्षेत्रमा नम्र तथा सुशील अभिनेत्रीको रुपमा स्थापित छिन् । सांस्कृतिक कार्यक्रमहरुमा आकर्षक नृत्य गर्दै आइरहेकी नम्रता साल्सा नृत्यमा समेत पारंगत छिन् । अनलाइनखबरका […]

किन रुखो, आक्रामक र लाचार हुन्छन् सरकारी कर्मचारी ?

न्यूयोर्कबाट प्रकाशित हुने फच्र्युन म्यागाजिनले सरकारी कर्मचारीहरु धेरै अल्छि र कम सिर्जनशील हुन्छन् भन्ने विषयमा केही समय अघि एउटा अध्ययन गरेको थियो । सो अध्ययनले विभिन्न कारणहरु पत्ता लाग्यो जसले कर्मचारीहरुको जाँगर मारिरहेको छ । सो म्यागाजिनको अध्ययन अनुसार सबैभन्दा पहिले अचानक र बारम्बार नेतृत्व परिवर्तन हुनु नै मूल समस्याको जड हो । यसमा नेतृत्व […]

कसरी ठगिन्छन् विदेशी पाहुना ?

काठमाडौं । नेपाली र भारतीयबाहेक तेस्रो मुलुकबाटआउने पर्यटकलाई माउन्टेन फ्लाईटको भाडा जति तोकिएको छ त्यही भाडाले भारतीय पर्यटकलाई माउन्टेन फ्लाईटबाट फर्किएर पनि फेरि पोखरा जान पुग्छ । तेस्रो देशका पर्यटकहरुले पोखरा जानको लागि जति भाडा तिर्छन् त्यही भाडाले भारतीय पर्यटकहरुलाई भने तीन पटक पोखरा जान आउन पुग्छ । त्यतिमात्रै होइन एकपटक विदेशीले पोखरा जाँदा तिर्नुपर्ने […]

किसानको दैनिकी : बिस्कुन सुकाउने बेला

घरमा आमाले घरधन्दा सकेर गाईबस्तु फुकाइसकेपछि आमालाई अर्कै चटारोले छोएको हुन्छ । त्यो हो बिस्कुन सुकाउने काम । झट्ट हेर्दा त्यो कुनै काम हो जस्तो देखिँदैन । आमाको घरमा यस्तै कामहरु धेरै हुने गर्छन् । त्यही मध्येको एउटा बिस्कुन सुकाउने काम पनि बेला बेलामा आइरहन्छ । गाउँघरमा एउटा ठूलो त्रिपाल या प्लास्टिकलाई विशेषगरी आँगन या […]

एकनाशको जीवनशैलीबाट दिक्क हुनु भएको छ ?

दिनहुँको एकनासे जिन्दगीबाट दिक्क त हुनु भएको छैन नि ? प्रायः हामीलाई बिहान उठेर अफिस जाउ अनि साँझ घर फर्क…फेरी भोलिपल्ट त्यहि रुटिन दोहोर्‍याउ । अफिस र घरको उस्तै प्रकारको जीवनशैलीका कारण कहिलेकाहिं हामीलाई दिक्क लाग्न सक्छ । हामी प्रायः एकै प्रकारको काम गर्दा गर्दा दिक्क हुन्छौ, अनि भन्ने गर्छौं-‘अब त जीवनमा रमाइलो नै छैन […]

सफलताको लागि व्यक्तित्व विकास

नेहा झट्ट हेर्दा निकै सुन्दरी छिन् । उनको अग्लो कद, आकर्षक शारीरिक बनावट, बदामी आँखा तथा लामो र कालो कपाल देखेर जो कोही पनि प्रशंसा नगरी बस्न सक्दैन थियो । जब उनले एमबिएको अध्ययन पुरा गरिन् । उनी जागिरका लागि अन्तर्वार्ता दिन थालिन् । कसैले पनि उनी उक्त अन्तर्वार्तामा अनुत्तीर्ण होलिन् भन्ने सोचेका थिएनन् । […]

पाहुनाका अनौंठा आनीबानी : इजरायलीले होटलमा कोठा पाउँदैनन्, खर्चै गर्दैनन् एशियन

अर्काको देश घुम्न आएका पर्यटकहरु पनि अरुसँग रिसाउँछन् र ? भर्खरै–भर्खरै न्याथममा पथप्रदर्शकको तालिम सुरु गर्दा राजेन्द्र बहादुर राईलाई अचम्म लाग्ने गर्‍यो। आफ्नै देशमा आएर कसैले नराम्रो व्यवहार गर्‍यो भने सहेरै बस्नुपर्ने ? यो प्रश्न न्याथममा पढाउने गुरुहरुसँग सोध्नै पनि लागेका थिए । तर, फेरि सोधेनन् । यो पेशा यस्तै होला भन्ने सम्झिएर आफैंले आफ्नै […]

साइकल यात्रीलाई हेप्छ यो शहरले

कोटेश्वरबाट सहायक बाटो हुँदै स्वयंभुसम्म पुग्दा सडकमा देखिएका दृश्यहरुले एकपटक आफैंलाई लज्जित बनायो । मुलुककै राजधानी शहरमा बालबालिकाहरु सडकमा नै फुटबल र क्रिकेट खेलिरहेका छन् । फुर्सदिलाहरु सडकमा नै टुल राखेर घाम तापिरहेका छन् । मोटरसाइकल सिक्नेको पनि यही सडक उपयुक्त ठाउँ हो । यो सडकले मात्रै कतिको आवश्यकता पूरा गरेको छ ? आवास क्षेत्रमा […]