Comments Add Comment

प्रवास समाचार

List Grid
राजदूत शेर्पाले बुझाइन् युएन डब्लुटीओका महासचिवलाई ओहोदाको प्रमाणपत्र

बार्सिलोना । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (युएन डब्लुटीओ) का महासचिव जुराब पोलोलिकाशभिली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।उ नी विश्व पर्यटन संगठनका लागि नेपालकी प्रतिनिधि पनि हुन्। आफ्नो प्रमाणपत्र पेस गरेपछि राजदूत शेर्पाले नेपालले कोभिड -१९ महामारीका कारण नराम्रोसंग प्रभावित विश्व पर्यटन क्षेत्रलाई पुनः […]

स्पेनमा एनआरएनएको क्षेत्रीय समिति

२९ माघ, स्पेन । स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना […]

परराष्ट्रमन्त्री र एनआरएनएका अध्यक्षबीच भेटवार्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ । भेटका क्रममा संघका अध्यक्ष पन्तले संघले गरिरहेको गतिविधिबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराएका छन् । संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखा परेका विभिन्न कानुनी अड्चन फुकाइ सहज रुपमा लगानीको वातावरण बनाउन मन्त्री ज्ञवाली समक्ष उनले […]

अनेसास महिला समितिले कविता प्रतियोगिता गर्दै

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय शब्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिलाको जनजीवनमाथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ । […]

कोरोनाको ‘म्युटेड भाइरस’ : युरोपमा खोपसँगै लकडाउन पनि

१७ माघ, नर्वे । युरोपियन देश नर्वेमा कोरोनाको पहिलो चरण शुरु हुँदा गरिएको लकडाउनमा कार्यालयहरु खुला थिए, सपिङका लागि सहज व्यवस्था थियो । अर्कोतिर कोरोनाको दैनिक संक्रमणदर (करिब ४ सय तल) र मृत्युदर पनि निकै कम थियो । पहिलो चरणमा सन् २०२० को मार्च, अप्रिलसम्म लकडाउन गरेर क्रमशः खुलाउँदै लगेर लगभग कोरोनाको पहिलो लडाइँ जितेको […]

गोर्खा भूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

वाशिङ्गटन । हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् । उनीले खिचेका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका–नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकमा […]

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

१३ माघ, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र सङ्घका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका […]

सारङ्गी र मादल बजाउन सिक्दै लन्चेस्टनका नेपाली बालबालिका

तास्मानिया । आधुनिक प्रविधिको विकासका कारण नयाँ बाजाहरुको उत्पत्ति भएपछि नेपाली लोकबाजाको अस्तित्व नै संकटमा परिरहेका बेला अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनका नेपाली बालबालिकाहरुलाई भने नेपाली मौलिक लोकबाजा चिनाउन र बजाउन सिकाउन थालिएको छ । लन्चेस्टनस्थित नेपालीहरुको सामाजिक संस्था नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले स्थानीय सिटी काउन्सिलसँग सहकार्य गरी ‘एक्टिभ एण्ड क्रिएटिभ किड्स’ कार्यक्रममार्फत यहाँ हुर्केका […]

पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण

१२ पोर्चुगल, माघ । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको सुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० […]

पत्रकार महासंघ युएई शाखाको कार्यक्रममा हुन्डीको चर्चा

१० माघ, युएई । वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुलाई वैधानिक तरिकाले रकम भित्र्याउन नेपाल सरकारले नीतिगत सुधार गर्नुपर्ने युएईमा कार्यरत आइएमई प्रतिनिधि उत्तमकुमार बस्नेतले बताएका छन् । युएईमा कार्यरत नेपालीहरु बढी पैसा पाइने मोहमा अवैध ढंगले रेमिटेन्स (हुण्डी) गर्ने क्रम बढेको तर, उक्त रकम सुन तस्करी तथा अवैध हातहतियार खरिदमा खर्च हुने कुराको ज्ञानको अभाव धेरैमा रहेको  उनले बताए […]

‘हामी नेपाली’को सदभावना दूतमा राजा घले

डिसी । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैरमुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ । नेपाली डायस्पोरास्थित समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप राजदूतको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । राजा […]

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

७ माघ, सउल (दक्षिण कोरिया ) । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड-१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका […]

अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने

ताज्मानिया । कोरोना महामारीका कारण गत वर्षको मार्चबाट बन्द गरिएको अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने भएको छ । अष्ट्रेलियाले आफ्ना सबै जनसंख्यालाई महामारीविरुद्धको खोप दिएर जुलाई महिना अगावै सिमाना खोल्ने संकेत गरेको थियो । तर, कोरोना भाइरसविरुद्धको खोप दिए पनि बाहिरबाट आउने यात्रुहरुका कारण आफ्ना नागरिकहरु अझै संक्रमणको जोखिममा रहन सक्ने भन्दै अष्ट्रेलियाले केही […]

अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान

सिड्नी / अस्ट्रेलियाका नेपालीहरुमा राजावादी रुझान सुरु भएको छ । विगत केही वर्ष अघिदेखि पुस २७ मा यहाँ नेपाल एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहको जन्म दिन मनाउन थालिएको छ । यो वर्ष सोमबार सिड्नीको नेपाली बाहुल्य बस्ती अबर्नमा विशेष कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमको संयोजन तथा प्रचारप्रसार नेपालको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा सुनुवार चुनिए

कतार । नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चुनिएका छन् । शिव कुमार भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सम्पन्न आठौं अधिवेशनले अध्यक्षमा पुरुषोत्तम सुनुवारलाई चयन गरेको हो । बरिस्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा राम कुमार मण्डल र द्वितीय उपाध्यक्षमा राजेन्द्र साम्याङ्खाम चयन भएका […]

स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा

स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातका कारण आधा देश नै रेड अलर्टमा छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ। हवाई उडानलगायत सहरका धेरै सडकहरू बन्द भएका छन् । शुक्रबार साँझ राजधानी नजीकका राजमार्गमा थुप्रै सवारी साधनहरु फसेका थिए। स्पेनको एक पत्रिका एलपाईसका अनुसार […]

बेलायत बस्दै आएका गायक केसी मृत भेटिए

२६ पुस, लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिइ । पोखरा स्थायी घर भएका […]

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

पोर्चुगल । बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल जाने तयारीमा थिए। फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम […]

एनआरएनएको विशेष महाधिवेशन विवाद के हो ?

बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनवरीको २३ र २४ गते गर्न लागेको विशेष महाधिवेशनको विषयमा अहिले दुई पक्षबीच विवाद छ । अध्यक्ष कुमार पन्त महाधिवेशनको तयारीमा छन् भने नवौं महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका कुल आचार्य समूहले महाधिवेशन रोक्न परराष्ट्र मन्त्रालयमा निवेदन नै दिएको छ । तर अध्यक्ष पन्त विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै […]

पोर्चुगल नेपाली महिला समाजको निःशुल्क सौन्दर्य तालिम

२१ पुस, पोर्चुगल  । नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम सुरु गरेको छ । कोभिड-१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ । पोर्चुगलको राजधानी […]

अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिताको पुरस्कार वितरण

‘अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२०’ का विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ । केन्द्रीय कार्यसमिति तथा अनेसास नेपालद्वारा प्रज्ञाभवन कमलादीमा अयोजित समारोहमा उक्त पुरस्कार  समर्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा पुरस्कृत कविहरू राधिका गुरागाईं (विराटनगर) प्रथम, जीवन आरोही (उदयपुर) द्वितीय, केशव भट्टराई (झापा) तृतीय, तथा शुभचन्र्द राई […]