Comments Add Comment

प्रवास समाचार

List Grid
पेरिसमा कर्म विमोचन

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको उपलक्ष्यमा पेरिसमा ‘कर्म’ स्मारिका विमोचन गरिएको छ । स्मारिकाको नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले भर्चुअल माध्यमबाट संयुक्तरुपमा शुक्रबार विमोचन गरेका हुन् । यो पुस्तक नेपाली साहित्यिक मन्च फ्रान्सले प्रकाशन गरेको हो । शुक्रबार फ्रासेली महान साहित्यकार भिक्टर ह्यूगो को २१९ औं […]

‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान  

१३ फागुन, गण्डकी । ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन् । विभिन्न ३० […]

कतारका नेपाली श्रमिक सेयर लगानीमा आकर्षित

१३ फागुन, कतार । सेयर बजारमा लगानी गर्न कतारका श्रमिकहरु उत्साहित देखिएका छन् । विदेशबाट बैंक खाता, डिम्याट खाता र मेरो सेयर खोल्न मिल्ने भएपछि कतारमा रहेका श्रमिकहरु सेयर बजारमा लगानी गर्न उत्साहित भएका हुन् । खासगरी ठूलो पुँजीको सेयर निष्कासन गरेको नेपाल इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)मा आवेदन दिएका सबैलाई आईपीओ परेपछि कतारमा श्रम गर्दै […]

स्पेनिश भाषा सिकाउने पुस्तक ‘ओला नमस्ते’

बार्सिलोना। स्पेनमा स्पेनिश भाषा सिकाउने पुस्तक ‘ओला नमस्ते’ विमोचन गरिएको छ । कास्की आदर्श समाज स्पेनको आइतबार भएको भर्चुअलरुपमा साधारणसभामा पुस्तकको विमोचन गरिएको हो । ‘स्पेन आउने बित्तिकै सबैभन्दा ठूलो चुनौती भाषाको नै रहन्छ। सहज ढंगले स्पेनिश भाषा सिक्न मद्दत पुगोस् भनेर नै ‘ओला/नमस्ते ’ पुस्तक निकालेका हौं,’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै कास्की आर्दश समाज […]

पत्रकार महासङ्घ युरोपको एकै दिन समानान्तर अधिवेशन

९ फागुन,पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखामा एकै दिन छुट्टा-छुट्टै दुई समानान्तर अधिबेशन सम्पन्न भएका छन् । महासंघ युरोप शाखाले चौथो अधिवेशनको भर्चुअल माध्यमबाट सञ्चारमन्त्री पार्वत गुरुङबाट उद्घाटन गराएको थियो । कार्यक्रममा बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सचिव […]

पाकिस्तानमा नेपाली दूतावासले मनायो प्रजातन्त्र दिवस

८ फागुन, काठमाडौं । पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले प्रजातन्त्र प्राप्तिका लागि बलिदान गर्ने शहीदको चर्चा गर्दै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । देश र विदेशमा […]

स्वीट्जरल्याण्डबाट मिर्गौला रोगबाट पीडित तामाङलाई सहयोग

जुरिख । आँबुखैरेनी गाउँपालिका २ नारिघाट निवासी मिर्गौलाको रोगबाट पीडित भुवन तामाङलाई स्वीट्जरल्याण्डबाट सहयोग प्राप्त भएको छ। आर्थिक अवस्थासमेत कमजोर भएका दीर्घकालीन मिर्गौलाको रोगबाट पीडित तामाङलाई स्विसबाट १ लाख ४२ हजार ४ सय ८३ रुपैयाँ सहयोग पुगेको हो। स्वीसवासी नेपालीहरुबाट तामाङ्को सहयोगार्थ १ हजार १ सय ३० स्वीस फ्रान्क संकलन गरेका थिए । तनहुँको आँबुखैरेनी […]

नेपालीको नजरमा नर्वेको शिक्षा, स्वास्थ्य र समाज

५ फागुन, नर्वे । मध्यरातमा पनि घाम लाग्ने देशका रुपमा चिनिन्छ नर्वे । तर, सधैं होइन समरमा । यो सिजनमा नर्वे स्वर्गकै टुक्राजस्तो देखिन्छ । जाडो सिजनमा दिनमा पनि थोरै समय मात्र उज्यालो हुन्छ । केही महिना त सूर्यको किरणसमेत देखिँदैन । हिउँले जमीन सेताम्म हुन्छ । गर्मी होस् या जाडो, नर्वेको जीवनशैली सहज छ […]

‘भ्यालेन्टाइन डे’ मा डार्बिन ब्वाइजको रोमान्टिक सरप्राइज

डार्बिन। अष्ट्रेलियामा डार्बिनमा रहेका नेपाली जोडीहरुले प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ सामूहिकरुपमा मनाएका छन्। डार्बिन ब्वाइजहरु गुलाबी सर्टमा र उनका जीवनसंगिनीहरु रातो पहिरनमा र रातो कार्पेटमा उभिएर रातो गुलावको प्रतिक्षा गरिरहेका थिए। रातो गुलाब आ-आफ्ना जीवनसंगिनीको हातमा थमाइदिदाको दृश्य रोमान्टिक र प्रेममय थियो। डार्बिनको एज होटेलमा अबस्थित डिबारमा डार्बिन ब्वाइजका २१ जोडीले सामूहिक डिनर पनि […]

एनआरएनएले सुरु गर्‍यो नि:शुल्क टेली हेल्थ सेवा

४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो । टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मुलका व्यक्तिले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्ने एनआरएनएले […]

कोरोना संक्रमणले बेलायतमा थप २ नेपालीको मृत्यु

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले […]

मिर्गौला रोगी ठकुरीलाई झापाली समाज माल्टाको सहयोग

३ फागुन, झापा। वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौला रोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिइन् । झापा जिल्ला हल्दिवारी […]

पत्रकार महासंघ युरोप शाखामा भाँडभैलो

२ फागुन, डेनमार्क । नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादकैवीच चल्दै आएको युरोप शाखा अन्ततः दुई खेमामा विभाजित भएको छ । नेपालमा भएको नेकपा विभाजनको बाछिटासमेत पत्रकार महासंघमा देखिएको छ । विधि विधानविपरीत काम गरेका लगायत आरोप लगाउँदै युरोप शाखाका अध्यक्ष केजिन राईलाई कार्यसमितिका बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई, महासचिव […]

राजदूत शेर्पाले बुझाइन् युएन डब्लुटीओका महासचिवलाई ओहोदाको प्रमाणपत्र

बार्सिलोना । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (युएन डब्लुटीओ) का महासचिव जुराब पोलोलिकाशभिली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।उ नी विश्व पर्यटन संगठनका लागि नेपालकी प्रतिनिधि पनि हुन्। आफ्नो प्रमाणपत्र पेस गरेपछि राजदूत शेर्पाले नेपालले कोभिड -१९ महामारीका कारण नराम्रोसंग प्रभावित विश्व पर्यटन क्षेत्रलाई पुनः […]

स्पेनमा एनआरएनएको क्षेत्रीय समिति

२९ माघ, स्पेन । स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना […]

परराष्ट्रमन्त्री र एनआरएनएका अध्यक्षबीच भेटवार्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ । भेटका क्रममा संघका अध्यक्ष पन्तले संघले गरिरहेको गतिविधिबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराएका छन् । संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखा परेका विभिन्न कानुनी अड्चन फुकाइ सहज रुपमा लगानीको वातावरण बनाउन मन्त्री ज्ञवाली समक्ष उनले […]

अनेसास महिला समितिले कविता प्रतियोगिता गर्दै

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय शब्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिलाको जनजीवनमाथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ । […]

कोरोनाको ‘म्युटेड भाइरस’ : युरोपमा खोपसँगै लकडाउन पनि

१७ माघ, नर्वे । युरोपियन देश नर्वेमा कोरोनाको पहिलो चरण शुरु हुँदा गरिएको लकडाउनमा कार्यालयहरु खुला थिए, सपिङका लागि सहज व्यवस्था थियो । अर्कोतिर कोरोनाको दैनिक संक्रमणदर (करिब ४ सय तल) र मृत्युदर पनि निकै कम थियो । पहिलो चरणमा सन् २०२० को मार्च, अप्रिलसम्म लकडाउन गरेर क्रमशः खुलाउँदै लगेर लगभग कोरोनाको पहिलो लडाइँ जितेको […]

गोर्खा भूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

वाशिङ्गटन । हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् । उनीले खिचेका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका–नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकमा […]

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

१३ माघ, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र सङ्घका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका […]

सारङ्गी र मादल बजाउन सिक्दै लन्चेस्टनका नेपाली बालबालिका

तास्मानिया । आधुनिक प्रविधिको विकासका कारण नयाँ बाजाहरुको उत्पत्ति भएपछि नेपाली लोकबाजाको अस्तित्व नै संकटमा परिरहेका बेला अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनका नेपाली बालबालिकाहरुलाई भने नेपाली मौलिक लोकबाजा चिनाउन र बजाउन सिकाउन थालिएको छ । लन्चेस्टनस्थित नेपालीहरुको सामाजिक संस्था नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले स्थानीय सिटी काउन्सिलसँग सहकार्य गरी ‘एक्टिभ एण्ड क्रिएटिभ किड्स’ कार्यक्रममार्फत यहाँ हुर्केका […]