+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

केन्द्रमा एनआरएन टुक्रिए पनि स्पेनमा भने सर्वसम्मत नयाँ कार्यसमिति गठन

बुधबार बार्सिलोनामा सम्पन्न नवौं अधिवेशनबाट गठित समितिलाई केन्द्रमा रहेका डा. बद्री केसी नेतृत्वको समूह र महेश श्रेष्ठ पक्ष दुवैले आ-आफ्नो प्रभाव रहेको भन्दै स्वागत गरेका छन्।स्पेनमा एउटै कार्यसमिति बनेकाले दुवै पक्षले समर्थन जनाएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १९:१९

१६ साउन, बार्सिलोना। केन्द्रमा फुट आएर गुटगत नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) चलिरहेको बेला स्पेनमा भने सहमतिको आधारमा नयाँ नेतृत्व अगाडि आएको छ।एनआरएनए स्पेनका पूर्वप्रवक्ता सन्तोष श्रेष्ठको अध्यक्षतामा संघको नवौं अधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको हो।

बुधबार बार्सिलोनामा सम्पन्न नवौं अधिवेशनबाट गठित समितिलाई केन्द्रमा रहेका डा. बद्री केसी नेतृत्वको समूह र महेश श्रेष्ठ पक्ष दुवैले आ-आफ्नो प्रभाव रहेको भन्दै स्वागत गरेका छन्।स्पेनमा एउटै कार्यसमिति बनेकाले दुवै पक्षले समर्थन जनाएका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा रहेका छन् भने खुलातर्फ उपाध्यक्षमा जमुना देवी शर्मा र दीपक बस्नेतले जिम्मेवारी पाएका छन्।महिला उपाध्यक्षमा मालती पन्थ,क्षेत्रीय उपाध्यक्षका रूपमा देव राज सापकोटा चयन भएका छन् ।

महासचिवमा नविन घिमिरे र उपमहासचिवमा सुबास बहादुर बिष्ट छन्। खुला सचिवमा गणेशराज अधिकारी र प्रविन लोहारले जिम्मेवारी सम्हाल्ने भएका छन्।क्षेत्रीय सचिवतर्फ दिलकुमारी तामाङ (म्याड्रिड) र नवराज दुवाडी (कोस्टाब्लान्का) रहेका छन् ।

कोषाध्यक्षको रूपमा नारायण प्रसाद सुबेदी र सह-कोषाध्यक्षमा सुमन खड्का, महिला संयोजकमा लक्ष्मी घिमिरे (शर्मा), युवा संयोजकमा दीपिका श्रेष्ठ र युवा उप-संयोजकमा प्रलाद कार्की चयन भएका छन्।

त्यस्तै कार्यसमितिका सदस्यहरूमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, विष्णु बहादुर सार्की र सम्बर बहादुर गिरि रहेका छन्। विगतमा सदस्य पदका लागि पनि प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने ६ सिटमध्ये ५ जनाले मात्र उम्मेदवारी दिएका थिए। यसैबीच, संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका लागि रोशन पाठकको नाम सिफारिस गरिएको छ।

महाधिवेशनमा प्रमुख अतिथिको रूपमा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए । विशेष अतिथिको रूपमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपालसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागीले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?