
अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ संघ (एनआरएनए ) अस्ट्रेलियाको सन २०२५ -२०२७ को कार्यकालका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । जुलाई २६ का दिन हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा सन्तोष कुँवर, सञ्जीव ढकाल गोर्खाली र भैरवप्रसाद ढकालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
वर्तमान कार्यसमितिका महासचिव सन्तोष एक दशकभन्दा लामो समयदेखि एनआरएनए अभियानमा आवद्ध छन् । उनी सचिव हुँदै एनआरएनए अष्ट्रेलियाको यात्रा सुरू गरेका थिए । उनी यसअघि राज्य संयोजक (२०१७–१९), आईसीसी सदस्य (२०१९-२१) र ओसियना क्षेत्रीय उपसंयोजक (२०२१–२३) भइसकेका हुन् ।
‘संस्थाको दिगो र बलियो विकास अनि सबैको पहुँचमा संथा पुर्याउनुका साथै पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि म नेतृत्वमा जान लागेको हो’, कुँवरले भने ।
अर्का उम्मेदवार भैरवप्रसाद ढकाल एनआरएनए आईसीसीका सल्लाहकार हुन् । भैरवप्रसादसँग अस्ट्रेलियाको पूर्वसल्लाहकार, पूर्वउपाध्यक्षका रूपमा काम गरेको लामो र पुरानो अनुभव छ छ । उनी सक्रिय सामाजिक अभियन्ता हुन् ।
एनआरएनए अभियानमा लागेकाहरूलाई एक बनाउँदै र सबैको साथ लिएर एकताका लागि काम गर्नु आफ्नो उद्देश्य भएको भैरवप्रसादको भनाइ छ । ‘म नेपाली समाजका हरेक वर्ग, तह र तप्काका व्यक्ति व्यक्तित्वहरूलाई समेट्दै सबैको आवाज बनेर संस्थालाई अगाडि बढाउन चाहन्छु’, उनको भनाइ छ ।
ढकालले प्रवासी नेपालीहरूका पिर र समस्यालाई नेपाल सरकारसम्म पुर्याएर पुलको कान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘एनआरएनए अस्ट्रेलियालाई अरूभन्दा फरक र युनिक बनाउँदै एक सानदार मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु’, ढकालले भने ।
अध्यक्षमा उम्मेदवारी दिएका सञ्जीव ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग लामो यात्रा पार गरेका सामाजिक अभियन्ता हुन्स । उनी एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष पनि हुन् । सन्जीव ढकाल गोर्खाली लामो समयदेखि एनआरएनमा सक्रिय छन् ।
नेपालदेखि नै सामाजिक क्षेत्रमा लागि पर्दै आएका जुझारू युवा हुन् ढकाल । उनले सन् २०२१-२०२३ कार्यकालमा एनआरएनए एनटीमा सह-संयोजकको जिम्मवारी सम्हालेका थिए भने २०२३–२०२५ कार्यकालमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवं एनटी राज्य संयोजक भए ।
‘म अष्ट्रेलियामा रहेता पनि मैले प्रवासमा रहनु हुने नेपालीहरूलाई एउटै मालामा गाँसेर बलियो र सक्षम एनआरएनएको परिकल्पना गरेको छु । म यो काम गर्छु पनि’,उनले भने ।
-राजन घिमिरेबाट
प्रतिक्रिया 4