२५ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष लोकप्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
एनआरएनएको ११४औं आईसीसी बैठकको निर्णयअनुसार दाहाललाई २०२५-२०२७ कार्यकालका लागि यो जिम्मेवारी दिइएको हो ।
संघका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्काले पत्र पठाएर दाहाललाई विभागको कार्यविधि र कार्ययोजना तयार पार्न निर्देशनसमेत दिएका छन् ।
विभाग प्रमुख दाहालले अब विभिन्न क्षेत्रका पदाधिकारीसँगको समन्वयमा बढीमा १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकार प्रस्ताव गर्ने जानकारी दिए । उनले अप्रिल १५ भित्र नामावली बुझाउने बताए ।
नेपालको पर्यटन प्रवर्द्धनमा एनआरएनएले सघाउने बताउँदै दाहालले त्यसका लागि आफू समन्वकारी भूमिका खेल्नका लागि नै यो जिम्मेवारी लिएको बताए ।
कर्मथलो बेल्जियम बनाएका दाहाल नेपालको पर्यटन क्षेत्रसँग नजिक रहेर काम गर्दै आएका व्यक्ति पनि हुन् ।
प्रतिक्रिया 4