News Summary
Generated by OK AI. Editorially reviewed.- गैरआवासीय नेपाली संघको १२ औं विश्व सम्मेलन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा हुँदैछ।
- संघले शनिबार उद्घाटन गर्ने र सोही दिन नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने जानकारी दिएको छ।
- ४ हजार २ सय ८६ प्रतिनिधिहरुले भौतिक तथा अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउने अध्यक्ष बद्री केसीले बताए।
२९ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं विश्व सम्मेलन भोलि (शनिबार)देखि काठमाडौंमा सुरु हुँदैछ ।
संघले आज पत्रकार सम्मेलन गरेर फागुन ३० देखि चैत २ गतेसम्म कार्यक्रम हुने जानकारी गराएको हो ।
‘हाम्रो एकता समृद्धिको आधार’ नाराका साथ सुरु हुने सम्मेलनको उद्घाटन शनिबार हुने र शनिबार बेलुकाबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने संघले जनाएको छ ।
यसपटक ४ हजार २ सय ८६ प्रतिनिधिहरुले भौतिक तथा अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउने संघका अध्यक्ष बद्री केसीले जानकारी दिए ।
अध्यक्ष केसीले सबैको अपनत्व हुनेगरि संस्था अघि बढ्ने र नेतृत्व चयनमा अध्यक्ष र महासचिव पदमा सहमतिको अधिकतम प्रयास गरिएको बताए ।
त्यस्तै गैरआवासीय नेपाली संघका अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले पनि सहमतिमा नै कार्यसमिति टुङ्गाउने प्रयास भइरहेको बताए ।
प्रतिक्रिया 4