जापान । अभिनेता प्रदीप खड्का फिल्म ‘एक्टर’को जापान प्रिमियर शोमा सहभागी हुने भएका छन् । जापानको टोकियोस्थित नाकानो जिरो हलमा हुन लागेको प्रिमियरमा सहभागी हुन अभिनेता प्रदीप खड्का जापान आउन लागेका हुन् ।
फेब्रुअरी ५ अर्थात् माघ २३ गते टोकियोको नाकानो जिरो हलमा एक्टर फिल्म प्रदर्शन हुँदैछ । खड्का टोकियो रिलिज पछि फेब्रुअरी ८ मा जापानको फुकुओका हुने प्रर्दशमा सहभागी हुन फुकुओका जाने जापान वितरक सचिन आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।
अभिनेता खड्का फेब्रुअरी ९ मा जापानको नागोयामा हुने शोमा उपस्थित हुने नागोया शोको जिम्मा लिएका श्याम सितलले बताए ।
जापानको अर्को सहर ओसाकामा फेब्रुअरी १० मा ‘एक्टर’को शो राखिएको आचार्यले बताए ।
राजन भुसालले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइरालालगायतका कलाकारको मुख्य अभिनय रहेको छ । फिल्मको पटकथा आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् ।
प्रतिक्रिया 4