+
+
Shares

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ श्रेष्ठले १८ वर्ष जापान बसोबास गरी २ लाख ५० हजार नेपाली सदस्यको साझा संस्था एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • उनले विद्यार्थीलाई सहजता, नेपाल जाने हवाई टिकट मूल्य घटाउने पहल र जापानी भाषा सिकाइमा नेपालीहरूको सहभागिता बढाउने प्राथमिकता राखेका छन्।
  • श्रेष्ठले 'नेपाल हाउस' निर्माणप्रति चासो देखाउँदै भने, 'ठूला नाराले नेपाली समुदायका समस्या समाधान हुँदैनन्।'

टोकियो । जापानमा १८ वर्षदेखि बसोबास गर्दै आएका सिद्धार्थ श्रेष्ठले २ लाख ५० हजार नेपाली सदस्यको साझा संस्था एनआरएनए जापानको नेतृत्व गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

गत साता टोकियोमा उनले कुनै तामझामबिनै उम्मेदवारी सार्वजनिक गरे । सदस्य, प्रवक्ता, महासचिव तथा उपाध्यक्ष हुँदै अध्यक्ष पदमा पुग्ने क्रमिक यात्रामा रहेका श्रेष्ठका ठूला ब्यानर र आकर्षक नारा भने छैनन् ।

उनको प्राथमिकता विद्यार्थीलाई सहजता, नेपाल जाने हवाई टिकटको मूल्य घटाउने पहल तथा जापानी भाषा सिकाइमा नेपालीहरूको सहभागिता बढाई रोजगारी र जीवनयापनमा सहजता ल्याउने जस्ता व्यवहारिक मुद्दामा केन्द्रित छ ।

‘नेपाल हाउस’ निर्माणप्रति पनि उनको विशेष चासो देखिएको छ । घोषणापत्र सार्वजनिक गर्दै उनले भने, ‘ठूला नाराले नेपाली समुदायका समस्या समाधान हुँदैनन् । तत्कालीन आवश्यकता र यथार्थलाई बुझेर मैले यो घोषणापत्र तयार पारेको हुँ ।’

श्रेष्ठ जापानस्थित नेपाली समुदायमा सक्रिय छन् । आपतमा परेकाको सहयोगमा अग्रसर देखिँदै आएका उनले झण्डै ६ वर्षअघि एनआरएनए जापानमा भएको आर्थिक अनियमितता सार्वजनिक गर्दै आफूलाई पारदर्शिता र जवाफदेहिताको पक्षधरको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?