
News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजर्सी सिटीले नेपाली प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान गरेको छ।
- उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली प्रहरी हुन् र अन्तर्राष्ट्रिय झण्डा फहराएका थिए।
- अमेरिकामा नेपाली समुदाय र विभिन्न संघसंस्थाले उनलाई सम्मान गरेका छन्।
न्युजर्सी । सगरमाथा आरोहण गर्ने नेपाली प्रहरीका पहिलो व्यक्ति वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई अमेरिकाको न्युजर्सी सिटी सरकारले सम्मान गरेको छ । काउन्सिल प्रेसिडेन्ट जोइस ई वाटरमेनले नेपालीलाई सिटी हलमा सम्मान गरेका हुन् ।
कार्यक्रममा न्युजर्सी सिटी सरकारका सल्लाहकार डा. विष्णुमाया परियार, सिटी काउन्सिलका कर्मचारीहरु र नेपालीहरु सहभागी थिए ।
हाल अमेरिका भ्रमणमा रहेका नेपालीलाई बाल्टिमोर एसोसियसन अफ नेपिल्ज अमेरिका, युएस नेपाल क्लाइम्बिङ एसोसिएसन, अलपाइन्स स्पोर्ट्स एसोसिएसन, नेपलिज अमेरिका ल इनफोर्समेन्ट एसोसिएसन लगायतले पनि सम्मान गरेका छन् ।
सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएका नेपालीले २०८० जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । नेपाल प्रहरीबाट सगरमाथा आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन् । उनले सगरमाथा शिखरमा नेपालको राष्ट्रिय झण्डासँगै अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टपोल) र नेपाल प्रहरीको झण्डा फहराएका थिए ।
उनी इन्टरपोल र भारतको डाक्टर अम्बेडकर सम्मानबाट पनि सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया 4