+
+
Shares

अमेरिकाका लागि नेपाली कार्यवहाक कार्यवाहक राजदूतले भने : नेपाली मूलका व्यक्तिलाई नेपालले पहिचान दिनुपर्छ

अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को राष्ट्रिय सम्मेलनलाई शनिबार साँझ सम्बोधन गर्दै उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिन सक्ने बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने बताए।
  • एएनओको राष्ट्रिय सम्मेलनमा अमेरिकाको विभिन्न राज्यबाट सामाजिक कार्यकर्तालाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको घोषणा गरियो।
  • नेपाली मूलका मानिसको पहिचान गरी परिचय पत्र उपलब्ध गराउने मागसहितको स्मरण पत्र कार्यवाहक राजदूतलाई हस्तान्तरण गरिएको थियो।

न्यूयोर्क। अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने बताएका छन् ।

अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को राष्ट्रिय सम्मेलनलाई शनिबार साँझ सम्बोधन गर्दै उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिन सक्ने बताए।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएको उल्लेख गरेका थिए। अध्यक्ष अधिकारीले विदेशी भएर होइन पुस्तौं पुस्ताअघि नेपालबाट बाहिर गएका नेपाली मूलका मानिसहरु नेपाली जातिकै प्रतिनिधिका रुपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार भएको धारणँ राखे।

कार्यक्रममा कार्यवाहक राजदूत आरणले धेरै पुस्तादेखि संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरुलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावास छलफल गर्न तयार रहेको र अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुको मागलाई नेपाल सरकारसम्म आफूले पुर्‍याउने बताए।

त्यस अवसरमा अमेरिकाको ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा.दामोदर पौडेलले नेपाली जातिका मानिसहरुलाई नेपालसँग जोड्ने एएनओको अभियानले तिब्रता लिएको र यसले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।

नेपाली भूमिमै नेपाली जातिको आफू शरणार्थीको जीवन विताउनु परेको दुखद अवस्थाबारे बोल्दै एएनओका बोर्ड अफ ट्रष्टी सदस्य ओमराज गुरुङले जस्तोसुकै मुस्किल परेको अवस्थामा पनि आफूहरुले नेपाली पन, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै आएको बताए।

राष्ट्रिय सम्मेलनमा एएनओका महासचिव चूडामणि भट्टराईले डा.भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकाको राष्ट्रिय समिति गठन भएको घोषणा गरे।

उनले उहांले अमेरिकाको विभिन्न राज्यबाट प्रतिनिधिका रुपमा भाग लिन आउनु भएका सामाजिक कार्यकर्ताहरुलाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको जानकारी दिए।

कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनिता पुरी राईलाई सम्मान गरिएको थियो । नेपाली मूलका मानिसको पहिचान गरी उनीहरुलाई परिचय पत्र उपलब्ध गराउने मागसहितको स्मरण पत्र कार्यवाहक राजदूतलाई हस्तान्तरणसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?