+
+
Shares

पोर्चुगल दूतावासले पहिलो पटक राहदानी सेवा दिँदै

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ जेठ १६ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दूतावासले २ जुनदेखि १३ जुन २०२५ सम्म विद्युतीय राहदानी सेवा सुरु गर्ने जनाएको छ।
  • विशेष गरी हराएका, म्याद सकिएका र फाल्ता भएका नेपालीका राहदानी सेवा प्रदान गरिनेछ।
  • दूतावासका अनुसार पोर्चुगलमा करिब ६० हजार नेपाली बसोबास गर्छन्।

१६ जेठ, पोर्चुगल । लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरु गर्ने भएको छ । अन्य कागजातको प्रमाणिकरणको काम गरिहेको यो दूतावासले पहिलो पटक नेपाली नागरिकहरुको लागि राहदानी बनाउने सेवा सुरु गरेको हो ।

दूतावासद्धारा बिहिवार जारी सूचना अनुसार आउने सोमवार (२ जुन, २०२५) देखि आफ्नै कार्यालयबाट सेवा दिने भएको छ । अहिलेलाई २ जुनदेखि १३ जुन २०२५ सम्म विद्युतीय राहदानी बनाउने सेवा सुरु गर्न लागेको दुतावासले जनाएको छ ।

दूतावासका अनुसार उक्त मितिका लागि मात्रै ‘अपोइन्टमेन्ट’ उपलब्ध छ । त्यसपछिका मितिहरूमा क्रमशः खोलिने भएकाले अत्यावश्यक परेकाहरुलाई मात्र अनलाईनबाट आवेदन पेश गर्न दूतावासले आग्रह गरेको छ ।

हराएका, म्याद सकिएका र पोर्चुगिज सम्बन्धित निकायमा राहदानी ‘फाल्ता’ पेश गरिसकेकाहरुको लागि पहिलो चरणमा राहदानी बन्ने भएको हो । यी अवस्था र समस्या पुष्टि गर्ने कागजातहरू सहित राहदानीको आवेदन दिन सकिनेछ ।

राहदानी सेवा लिनका लागि राजदूतावासको आधिकारिक वेबसाइटमा गई विद्युतीय राहदानी सम्बन्धी पृष्ठमा पहुँच गरेर फाराम भरी अनलाइन अपोइन्टमेन्ट लिनुपर्ने छ ।

फागुन, २०८१ मा लिस्वनमा दूतावास स्थापना भएपनि राहदानीको सेवा सुरु गरेको थिएन । दूतावासले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), नाता प्रमाणित, जन्मदर्ता, विवाह दता, ड्राइभिङ लाइसेन्स लगायत कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गर्दै आएको छ ।

यसअघि फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् मात्रै पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो । जसले गर्दा राहदानी सहितका कागजजातका लागि पोर्चुगलमा रहेका नेपालीहरुमा स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता थियो ।

आब यहीको दूतावासबाट राहदानी सेवा सुरु भएपछि पोर्चुगलवासी नेपालीहरुलाई सहजता मिलेको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि ६० हजारको हाराहारीमा रहेका दूतावासको अनुमान छ ।

पोर्चुगलको राजधानी लिस्वनस्थित नेपाली दूतावास RuaPero de Alenquer 29, 1400-069Lisboa  मा रहेको छ । नेपाल सरकारले स्थापना गरेको पोर्चुगलस्थित नेपाली दूतावास सबैभन्दा नयाँ हो । दूतावासमा राजदूत सहित चार जनाको दरबन्दी छ ।

पोर्चुगलमा हाल राजदूत प्रकाशमणि पौडेल छन् । पोर्चुगलका लागि नेपालका पहिलो आवासीय राजदूत हुन् नेपालले १ सेप्टेम्बर, १९७६ मा पोर्चुगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । पोर्चुगलस्थित नेपाली दूतावास मार्च, २०२५ मा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?