+
+
Shares

हुम्लाको बानादेव विद्यालयका विद्यार्थीले पाए नयाँ झोला र शैक्षिक सामग्री

हुम्लाको दुर्गम ताजाँकोट गाउँपालिका-३ स्थित बानादेव आधारभूत विद्यालयका २३ जना बालबालिकालाई सामाजिक विकास कार्यालयले विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक विकास कार्यालय हुम्लाले ताजाँकोट गाउँपालिका-३ स्थित बानादेव आधारभूत विद्यालयका २३ बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएको छ।
  • अनलाइनखबरको समाचारपछि विद्यार्थीले बोरा झोलामा किताब बोकेर विद्यालय जानुपर्ने बाध्यता हटेको विद्यालयका प्रधानाध्यापक सिंहले बताए।
  • स्थानीय अगुवा जोखे बुढाले सञ्चारमाध्यमले उठाएको विषयमा सरकारी निकायले छिटो चासो देखाएकोमा खुसी व्यक्त गरे।

२९ वैशाख, हुम्ला । हुम्लाको दुर्गम ताजाँकोट गाउँपालिका-३ स्थित बानादेव आधारभूत विद्यालयका २३ जना बालबालिकालाई सामाजिक विकास कार्यालयले विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

गत १३ वैशाखमा अनलाइनखबरले ‘दुर्गमका दुख : बोराका झोलामा किताब-कापी’ शीर्षकको समाचार प्रकाशित गरेपछि सामाजिक विकास कार्यालय हुम्लाले विद्यार्थीलाई विद्यालय पोशाक, झोला, सुइटर, ट्र्याक सुट, जुत्ता तथा अन्य शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।

अब विद्यार्थीले बोरा र सामान्य कपडाका झोलामा किताब–कापी बोकेर विद्यालय जानुपर्ने बाध्यता हटेको बानादेव आधारभूत विद्यालयका प्रधानाध्यापक खडकबहादुर सिंहले बताए ।

विद्यालयका प्रधानाध्यापक सिंहका अनुसार विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारका हुन् । शैक्षिक सामग्री अभावका कारण उनीहरूले नियमित पठनपाठनमा कठिनाइ भोग्दै आएका थिए । सहयोग प्राप्त भएपछि विद्यार्थीहरूमा नयाँ उत्साह थपिएको उनले बताए ।

स्थानीय अगुवा जोखे बुढाले सञ्चारमाध्यमले उठाएको विषयमा सरकारी निकायले छिटो चासो देखाउँदै सहयोग उपलब्ध गराएकोमा खुसी व्यक्त गरे ।

दुर्गम जिल्लाका साना समस्या समयमै बाहिर नआउँदा बालबालिका प्रत्यक्ष प्रभावित हुने भएकाले यस्ता विषय निरन्तर उजागर हुनुपर्ने उनको भनाइ छ ।

दुर्गम गाउँका बालबालिकाको पीडा समाचारमार्फत बाहिरिएपछि छोटो समयमै सहयोग जुट्नुले सञ्चारमाध्यमको प्रभाव र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको स्थानीयवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?